मेरो पनि रोजीरोटी चलाई दे न सरकार ।
महल संगै झुपडीमा चुलो बलाई दे न सरकार।।
तिमी हामी नेपाली त उ पनि अर्को होइन ।
द्वेश अनि विभाजन यो जलाई दे न सरकार ।।
दादागिरी गरेर नी माया लाईन्छ र ?
चाकु छुरि देखाएर बिश्वास पाईन्छ र ?
के भनी लड्छौ कुन्नि यस्तो लडाइँ ।
दुनियाँ यो जित्नलाई अस्त्रै चाहिन्छ र ?
दुखाएका मनहरु ती खै कसरी पटाउनु ।
निशब्द नै रहि कन दिन कसरी कटाउनु ।।
धेरै पल्ट माफि मागे तर पनि मान्दिने खै?
सबै छोडि उसकै लागि अझै कति खटाउनु ।।
तिम्रा शब्दहरू मा कोरिन मनछ ।
तिमी बाटै मलाई चोरिन मनछ ।।
चाहि दिए त तिम्ले नि मैले झै।
बरु तिम्रै गोरेटोमा डोरिन मनछ।
के जिन्दगी दिईस् दैव जतासुकै जलेको छ ।
हेरि हास्छ दुनियाँ परेली यो गलेको छ ।।
सपनाहरू देख्नलाई मात्रै भए मेरा लागि ।
यथार्थले मै अभागीलाई छल्नुसम्म छलेको छ।।
यो मलिन साँझमा गिलास संग साँटिन मन छ।
चिसो रात आधाआधी उसै संग बाँटिन मन छ।।
गोलभेडा झै ठुला ठुला आँखा पारी धेरै बेर ।
हेर्ने छे उसले, त्यसरी पो मलाई ठाँटिन मन छ।।
जे आर बादल,
चुरे गाउँपालिका ४ कैलाली
चुरे पारिबाट
