“गजल”

Ram, Chandra, Basyal,रामचन्द्र बस्याल ‘बिखर्ची’, pallawa, पल्लव

रामचन्द्र बस्याल ‘बिखर्ची’

केभयो आज सम्झना आयो अँधेरी रातमा॥
ऐठन भयो यो स्वार्थी माया बसेर माथमा ॥

क्षणिक होला मायालु पारा शितलु पारामा।
जूनले पनि के सार्हो चुम्यो लौ हेर पातमा॥

उर्लेर आयो अन्धो त्यो बैंश खहरे बनेर ।
भोग्नु नै पर्यो अश्रुका धारा झारेर हातमा॥

 

लजाएँ सारा मान्दिएँ लाज बनेर चमेली ।
बैंशको बेला झपक्कै फूलें नासो छ साथमा॥

मोहनी रुप बिनायो भाका बनेर सपेरा ।
लौहेर मलाई केपर्यो यस्तो लुटिएँ बातमा॥

बितेछ दिन रामको आज सम्झेर कहानी।
जवानी बेंचे यो मन भुँटे धनको खातमा ॥

“विखर्ची राम”चितवन॥

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.