गजल

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

जस्तो देख्यो उस्तै लेखिदियो कलमको झन् त्यो काम बैगुनी ।
धन,मन प्रसादको नाउँ मात्र सिमित छ त्यो नाम बैगुनी ।

न्याय भित्र खिचातानी ,अख्तियार के हो खै! मान्यता केहिछैन
कान्तिपुरी भनेर नहुने उपत्यका भएको त्यो ठाम बैगुनी ।

निमुखाले दिनरात नभनी पसिना बगाएका कस्ले देख्ने
हरेक निर्णय ठालुहरूले साँझमा गर्छन् त्यो साम बैगुनी ।

 

समय हरेक प्रहरले लुछेकोछ आफ्ना दिन घट्दै जान्छ
जलेको बदन भित्र अझ राग थपिदिन्छ त्यो घाम बैगुनी ।

सास्ती हरेक खेपेका नेपालीले बन्द देखि नाकाबन्दी सम्म
ठोस निर्णय लिन उतै धाउँछन् हुतिहारा त्यो गाम बैगुनी।।

अम्बिका कार्की “अमु ”
सर्लाही हाल भरतपुर, चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.