मैया सुवेदीका केही मुक्तकहरूः

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव.

मैया सुवेदी

सिकाउनु छ पाठ युद्धको किनकि म गुरु हुँ तिम्रो
पढाउनु छ साथ बुद्धको किनकि म गुरु हुँ तिम्रो
यो समाजका मानव बिल्लाधारी पशुहरुसगँ अब
जोगाउनु छ अस्मिता नारीको किनकि आमा हुँ तिम्रो ।

मेरो मनको स्वस्तिक छापमा तिम्रो प्यार छ।
लाग्छ जीवनको हरेक मौसम सदा बहार छ।।
तिमी सँगको हरेक मोडमा हर्षित छु कालू म
किनकि यो मायाबी यात्रामा न जीत छ न हार छ ।।

 

म छु अनेकै राम्री अनि काली नठान
केवल तिमीझैँ म पनि जाली नठान ।
सधैं आड भरोसा मान्य बडाजनहरुको
सुरा सुन्दरीमै रम्ने मनवाली नठान ।।

कसैसँग विश्वास घट्न थाले पछि के हुन्छ कुन्नी ?
यो कोमल हृदय लुट्न थाले पछि के हुन्छ कुन्नी ?
कैलेकाहीँ त उड्छ मडारिँदै दिल आकाशमा प्रिय
निर्दोष नैनमा मूल फुट्न थाले पछि के हुन्छ कुन्नी ?

मैया सुवेदी
पोखरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.