ग़ज़ल

Spread the love
Sharada, Oli, Shiwakoti, शारदा ओली शिवाकोटी, pallawa, पल्लव

शारदा ओली शिवाकोटी

तिम्रा लागि ताजमहल त म बनाउन सक्दिन
त्यसैले अधिकारले हात म समाउन सक्दिन ।

हाँसखेल घुमफिर दौडधुप नाचगानका सबै
सुखदपलहरू सम्झन्छु तर म रमाउन सक्दिन ।

हरदिन प्रोपोज गर्ने अठोटका साथ आउंछु तर
शाहसका साथ भनेर हक म जमाउन सक्दिन ।

 

मन मुटु माया जे जे चाहिन्छ दिने बाचागर्छु म
तर आजैदेखि बेसुमार धन म कमाउन सक्दिन ।

सुपरमार्केट फाईवस्टार होटलका शौखिन छौ
भने मागेजति नगद हातमा म थमाउन सक्दिन ।

अडान अठोट छ मेरो पंचेबाजा बजाएरै लान्छु
कायर जस्तो लुकीचोरी लान म भगाएर सक्दिन ।।

शारदा ओली शिवाकोटी
हेटौडा, मकावनपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *