संगम घिमिरेका केही मुक्तकहरूः

Sahitya, Premi, Sangam, Ghimire, साहित्य प्रेमी संगम घिमिरे , pallawa, पल्लव

साहित्य प्रेमी संगम घिमिरे

जिन्दगी नै प्रमाणित खानी बनाएँ !
योग्यता कदर गर्ने कहानी बनाएँ !
सम्झीएर हाम्रा पिरति जिन्दगीको,
पुरै दिल जलार्इ खरानी बनाएँ!

पाप पनि धर्म हुन्छ बोली आए पछि !!
कलम पनि हार्नै पर्ने गोली आए पछि !!
संझनामा छाती भित्र पीडा हरु कसिएको,
फिर्ता लिई गयौ तिमी झोली आए पछि !!

 

मानवको आचरण भुल्ने कोसिस गरिन
नैतिकको सुनामीमा फुल्ने कोशिस गरिन
भित्रीमनको गाथाहरू धर्म संग गाँसिएको,
पाप बोकी शैयलमा डुल्ने कोशिस गरिन ।।

तिम्रा आँसु मुस्कुराउने ओठ छैन मेरो
देखाउ भने छाप बस्ने चोट छैन मेरो ।
जति सक्छु यही माया दिएकै छु,
तिमी पराई भए पनि खोट छैन मेरो ।।

सगरमाथा हिउँ चुली ढल्काउँदैमा हुन्न नेपाल !
दौरा–सुरूवाल, ढाका टोपी टल्काउँदैमा हुन्न नेपाल !
प्रचण्ड र ओलि बा’ले झुटमुटको चर्को भाषण गर्दै
सिमा चेप्ने छिमेकीलार्इ पल्काउँदै माहुन्न नेपाल !

साहित्य प्रेमी संगम सार्थक घिमिरे
अर्घाखाँची

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.