ग़ज़ल

Spread the love
Sharada, Oli, Shiwakoti, शारदा ओली शिवाकोटी, pallawa, पल्लव

शारदा ओली शिवाकोटी

नासीजाने धन हैन,माया रईरहने बनी आउ
छिटै सुक्ने खहरे हैन,नदी बईरहने बनी आउ

साथ दिंउँला अडचन,बाधा जे परिआए पनि
दुखमा बिचलित हैन,दर्द सईरहने बनी आउ

नबनौ क्षणिक साथी माया क्षणिक पनि हुन्न
सदाबहार मायाको गीत कईरहने बनी आउ

 

धुकधुकी भित्र पस अनि धुकधुकी बनी रमाउ
अटुट रूपमा धुकधुकी मेरो भईरहने बनी आउ

अग्नीको फन्को सातले तोकेको गन्तब्य पुग्न
अथक,अटल,निरन्तर यात्री,गईरहने बनी आउ

०७४-२-२ शारदा ओली शिवाकोटी हेटौडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *