किन बनायौ उजाड मेरो जीवनको बाटोलाई
कोट्याउने नगर प्रिय मुटुभित्रको खाटोलाई ।
सहेकै छु केही नबोली तिम्रा अनेक गालीहरू
थाहा छैन कति भासिए मेरा मनका आलीहरू
जालझेलमा किन पारेको हो मजस्तो लाटोलाई
कोट्याउने नगर प्रिय मुटुभित्रको खाटोलाई ।
पिरतीको गीत गाउँदै बिताएको छु रातहरू
बिर्सन पनि सकिदैन अझै प्रूराना यादहरू
मेट्न नखोज तातो आँसुले मायाको टाटोलाई
कोट्याउने नगर प्रिय मुटुभित्रको खाटोलाई ।
किन बनायौ उजाड मेरो जीवनको बाटोलाई
कोट्याउने नगर प्रिय मुटुभित्रको खाटोलाई ।।