जो थियो होचो उतै घोचो रह्यो
काटियो त्यै वृक्ष जुन सोझो रह्यो
भुल्छु भन्दा झन् बढी याद आउँछ
टाढिनेको सम्झना फोटो रह्यो
मोज मस्ती गर्छ ठग नेपालमा
काम गर्ने मान्छे चैँ भोको रह्यो
आउँछ रे पालो सबैको एकदिन
त्यै हुनाले पृथ्वियो गोलो रह्यो
बाबुआमा जानुभो आश्रम तिर
त्यो महलको अर्थ के ? छोरो रह्यो
SISS, SISS, SIS
लामा अभय
