सबै जान्नेबुझ्ने,,

Spread the love
Taranath, Bhandari, तारानाथ भण्डारी , pallawa, पल्लव

तारानाथ भण्डारी

सबै जान्ने बुझ्ने अब न-त हुनन् यो जगतमा ।
भनेका छन् पैल्यै ऋषिमुनिहरू भागवतमा ।।
दुखी हुन्छन् मान्छे कलुषित विचारै हुन गये ।
हुदैनन् आफ्ना ती मनमगजमा स्नेह नभये ।।

उनै नाता सच्चा प्रमुदित हुनेछन् हृदयमा ।
उनै भ्राता पक्का अविरल छुनेछन् हृदयमा ।।
पिताको माताको मनमगजको सुन्दछ कुरा ।
उनै पूज्या हुन्छन् सरलमनका जीवन सुधा ।।

 

अधर्मी पापी छन् हरसडकमा कौरवसरी ।
ठगी खाने धन्दा अधमपरमानन्द पगरी ।।
कुनै चिन्ता लिन्नन् गलतपथ मार्गी छु कि भनी ।
स्वयंकै वा वा मा तनमन बटुल्छन् धन दिई ।।

उनै छोराछोरी असल गनिनेछन् जगतमा ।
उनै नाता-गोता वरिपरि हुनेछन् मगजमा ।।
सबैका गोजीमा धन भरिदिदा साथसँगमा ।
बिना पैसा सारा परपर हुनेछन् फगतमा ।।

सयौं निन्दा गर्दै छलकपटले शूल सरिका ।
खनेका छन् खाल्टा अबुझहरूले यी धमनिका ।।
कलेजीको टुक्रा हृदयगिरिमा धारण गरी ।
गर्‍यौ सेवा माता करुणरसको आँचल भरी ।।

छन्द-शिखरिणी ।
तारानाथ भण्डारी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *