साहित्य प्रेमी संगम सार्थक घिमिरेको एकजोर गजल

Sahitya, Premi, Sangam, Ghimire, साहित्य प्रेमी संगम घिमिरे , pallawa, पल्लव

साहित्य प्रेमी संगम घिमिरे

गजल– १,
बर्तमान भुत–भबिस्य काल भए पछि!!
नयन को स्मृति मा छाल भए पछि!!

महसुस गर्छु यो दिलमा चाह तिम्रो छ,
बिछोडका आँसु भेलमा ताल भए पछि !!

जीवनको गोरेटोमा वेदना मात्रै झल्काउने ,
ब्यबस्थाका असहज हरू विशाल भए पछि !!

 

लुकि छिपी हैन यहाँ खुल्ले आम नै बाटो छ,
भौतिक रूपमा टाडिएका सबाल भए पछि !!

संघर्ष नै जीवन हो कठिनाइका भोगाइमा,
समेटी यहाँ पस्किरहने संजाल भए पछि !!

गजल– २,
मिठो सपना बुन्ने यो काली भयो हजुर !!
एक हातले न बझ्ने ताली भयो हजुर !!

आत्म देखि नै यो कुरा भनेको थिएँ मैले,
मान्छे त ठिकै हो अल्लि जाली भयो हजुर !!

अस्ताउने त गयो झुल्किनेको स्वागत भो,
सुन्दरताको सन्जिवनी डाली भयो हजुर !!

फुल अक्षेता को त के कुरा गरौँ र यहाँ,
यहाँ चर्चा नै पूजाकै थाली भयो हजुर !!

लुम्बिनीको शान बेग्लै छ, तर अर्घाखाँचीको
भक्ती भावमा सुपा देउराली भयो हजुर!!

साहित्य प्रेमी संगम सार्थक घिमिरे
भुमिका स्थान नगरपालिका ९
अर्घाखाँची

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.