छन्दको उत्पति,महत्व,विकाश र वर्तमान अवस्था 

Kaviraj ,Paudel, कविराज पौडेल, pallawa, पल्लव

लेखन तथा प्रस्तुतिः  कविराज पौडेल

प्रस्तावना
यो श्रृष्टि लय, गति र यतिको सुन्दर समायोजन हो । लयले सजीवता गतिले परिवर्तनशीलता, यतिले अनित्यता र क्षणभङ्गुरतालाई इ•ति गर्दछ । यसलाई एउटै शब्दमा भन्नुपर्दा लय, गति र यतिको योग नै छन्द हो । छन्द अमूर्त रहस्यको मूत रूप हो । छन्द जीवन हो र जीवन नै छन्द हो । यो चराचर जगत नै छन्दमय छ । छन्द र्सवव्यापी छ । परच्छन्द केही पनि छैन । प्राणीहरुलाई स्वच्छन्दत्व प्रिय हुन सक्छ न कि परच्छन्दत्व । छन्द अनुभुत्यात्मक दृष्टि र जीवन्त सृष्टि हो । छन्द अमूर्त कोलाज होइन यो तथ्यगत सत्य हो
छन्द र छन्द शब्दको व्युत्पति
तस्माद्यज्ञात्र्सवहुत ऋचः सामानि जज्ञिरे
छन्दांसि जज्ञिरे तस्मद्यजुस्तस्मादजायत (ऋक्(१०।९०।९)
(विराट यज्ञ पुरुषबाट ऋक्, साम, छन्दहरु र यजुको उत्पत्ति भयो)

 


छन्द शब्दको व्युत्पत्तिका सम्बन्धमा अनेकन मान्यताहरु स्थापित छन् । वैदिक छन्दोमीमांसा, पं युधिष्ठिर मीमांसक, पृ.११(१३, अनुसार, छदिर् र्ऊजने, छदि संवरणे, चदि आह्लादने दीप्तौ च र छद संवरणे धातुहरुबाट छन्द शब्दको व्युत्पति बताइएको छ । छन्द शब्दोद्भव सम्बन्धी जे जस्तो मान्यता रहेता पनि छन्द र छन्दस् धातुबाटै बनेकोमा धेरैको मतैक्यता छ । यास्कले ‘छन्दांसि छादनात्’ भनी आच्छादनको रुपमा परिभाषित गरेको पाइन्छ । (निरुक्त ७/१२) सायणले पनि यास्कलाई ऋग्वेद भाष्यभूमिकामा ‘आच्छादकत्वाच्छन्दः’ भनी र्समर्थन जनाएको पाइन्छ । छान्दोग्योपनिषद् १।४।२ र ऐतेरेय आरण्यक २।४ का अनुसार आच्छादन नै छन्दत्व र आच्छादन गरी छन्दले पापमुक्त गर्ने कुरा उल्लेख छ । वैदिक दर्शनमा छन्द शब्दको विविध अर्थ भए तापनि कालान्तरमा आनन्द दिनु अर्थात् ‘छदि आह्लादने धातुमा ‘अच्’ प्रत्यय जोडिएर निष्पन्न हुने अजन्त छन्द को अर्थमा सबैको सहमति देखिन्छ । व्यवहारतः काव्यमा प्रयोजनका दृष्टिले यसै अर्थलाई हृदय•म गर्नु सान्दर्भिक देखिन्छ । अमरकोशकारले छन्दः पद्ये ˜भिलाषे च (अमरकोश, पंक्ति २७९९) भनेकाले पनि यसले पद्य, इच्छा र अभिलाषा अर्थ दिन्छ ।
छन्दको महत्व
छन्दको महत्व सर्वोपरि छ । वेदव्यासले अविनाशी इश्वर तत्त्वलाई माथितिर जरा र तलतिर शाखा प्रशाखा भएको पिपल वृक्ष मानी छन्दलाई त्यसको पात भनी उल्लेख गरेका छन्ः
उर्ध्वमूलमधः शाखमश्वत्थ प्राहुरव्ययम्
छन्दांसि यस्य पर्णानि यस्तं वेद सः वेदवित् ।
(गीता, १५/१)
शिक्षा व्याकरणं छन्दो निरुक्तं ज्योतिषं तथा
कल्पश्चेति षडङ्गानि स्मृतानि ऋषिभिः पुराः ।
वेदका छ अङ्गमध्ये छन्दलाई पाउ मानिएको छ । छन्दः पादौ तु वेदस्य हस्तौ कल्पोथ पठ्यते भन्ने अंशबाट सो कुरा स्पष्ट हुन्छ
वेदका आ•कि ग्रन्थहरुमा छन्दको स्थान पञ्चम स्थानमा छ । पाणिनिले छन्दः पादौतु वेदस्य (छन्द वेदका खुट्टा हुन्) भनेकोबाट स्पष्ट हुन्छ । छन्दज्ञान विना वेदाध्ययन र्व्यर्थ छ । कात्यायनको अनुसार (‘छन्दोमूलमिदं र्सव वाङ्मयम्’ (सारा वाङ्मय छन्दरुपमा छन्)
गीतामा श्रीकृष्णले गायत्रीलाई आफ्नो प्रतिरूपर् इश्वरीय छन्द भनेका छन् ः
बृहत्साम तथा साम्नां गायत्री छन्दसामहम् ।
(गीता, १०/३५) ।
ऋग्वेदका आधाभन्दा बढी सूक्तहरू गायत्री छन्दमा नै छन् र यजुर्वेदमा पनि छन्द सम्बन्धी चर्चा भएको पाइन्छ । तलको ऋचाबाट उक्त कुरा पुष्टि हुन्छ ।
गायत्रीत्रिष्टुप् जगत्यनुप्पयङ्त्या सह
बृहत्युष्णिाहा ककुप्सूचिभिः सम्यम्तु त्वा (यर्जुवेद २३/३३)
‘नाच्छन्दसि वागुच्चरति इति’ निरुक्त ७।२
‘छन्दबिना वाक् उच्चारित हुँदैन)
‘छन्दोहीनो न शब्दोक्स्ति, न छन्दः शब्दवर्जितम्’ नाट्यशास्त्र १४।४४(भरतमुनि
(छन्द नभएको कुनै शब्द हुँदैन)
छन्दोमूलमिदं र्सव वाङ्मयं स्याद्विजानतः
नाच्छन्दसि न चापृष्टे शब्दश्चरति कश्चन
(विद्वान पुरुषहेतु समस्त वाङ्मय छन्दो रुप छ)
(छन्द र चाहनाविना कुनै शब्द प्रवृत्त हुन्न) ऋग्यजुष्परिशिष्टकात्यायन ।५।
छन्दलाई परिभाषित गर्ने क्रममा ऋक्र्सवानुक्रमणीमा कात्यानले यसो भनेका छन्)
“यदक्षरपरीमाणं तच्छन्दः (अक्षप्को परिमाण नै छन्द हो) २/६
भावको एकत्र संवहन र आह्लादन नै छन्दको मुख्य लक्षणका रुपमा पनि छन्दलाई स्वीकार गरेको पाइन्छ ।
‘छन्दयति पृणाति रोचते इति छंदः’
कतै(कतै छन्दलाई श्रुतिप्रिय, रुचिकर वा आनन्दित तुल्याउने शक्तिका रुपमा शिरोपर गरेको देखिन्छ ।
‘छन्दयति आह्लादयति छन्दते अनेन इति छन्दः
शतपथब्राम्हणमा छन्दलाई रागात्मिकतासित जोडेको पाइन्छ ।
‘रसो वै छन्दंसि
विश्वनाथले छन्दोबद्धं पदं पद्यम् (साहित्यदर्पण ६।३१४)(छन्दमा बाँधिएके पद वा वाक्य पद्य हुन्छ भनेका छन् । यसै ग्रन्थको ६।३३० मा मुक्तक्, वृत्तगन्धि, उत्कालिकाप्राय र चूर्णक गरी चार प्रकारका गद्य बनाएका छन्ः
वृत्तगन्धोञ्जितं गद्यं मुक्तकं वृतगन्धि च
भवेदुत्कलिकाप्रायं चुर्ण कं च चतर्विधम् ।
वैदिक छन्द र भेद
वैदिक छन्दलाई दुर्इ भागमा विभक्त गर्न सकिन्छ ।
१) अक्षर गणना
२) पादाक्षरगणना
अक्षर गणनामा अवलम्बन गरिने छन्द यजुर्वेद र पादाक्षर गणना गरिने छन्द ऋग्वेदमा प्रयुक्त छन् । वेदमा उल्लेखित प्रमाणका आधारमा प्रधानतया सात प्रकारका छन्द देखिन्छन् ।
१) गायत्री २) उष्णिक् ३) अनुष्टुप् ४) वृहती ५) पंक्ति ६) त्रिष्टुप् ७) जगती तर कात्यायनाचर्चले भने चौंध छन्द स्वीकारेका छन् । यी छन्दपश्चात् ( ८) अतिजगती ९) शक्वरी १०) अतिशक्वरी ११) अष्टि १२) अत्यष्टि १३) धृति १४) अतिधृति छन्दहरु छन् । प्राचीन अनुसन्धानकर्ताहरुले यिनै चौध छन्दहरुलाई निर्देशित गरेका छन् । यिनै चौंधवटा छन्दहरु ऋग्वेद संहितामा छन् । आचार्य पि•ल र जयदेवले भने (२१) छन्दलाई स्वीकारेका छन् । पूर्व निर्दिष्ट (१४) छन्दपश्चात (१५) कृति (१६) प्रकृति (१७) आकृति (१८) विकृति (१९) संकृति (२०) अभिकृति (१२) उत्कृति रहेका छन् । अपितु, भरत, शौनक, गार्ग्यादिले भने २६ वटा छन्दहरुलाई स्वीकार गरेकेा पाइन्छ । तदनन्तर (२२) मा (२३) प्रमा (२४) प्रतिमा (२५) उपमा (२६) समा
वैदिक छन्दहरुमा मात्रा, अक्षर, गुरु र लघुको विवेचना गरिएको छैन । ऋग्वेदमा प्रगाथ छन्दको चर्चा पनि पाइन्छ । ऋग्वेदको अष्टमण्डलका ऋचाहरु प्रगाथ छन्दमा छन् । प्रगाथ कृत्रिम छन्द हो । मूल छन्दमा कृत्रि व्यवस्था गरेर प्रगाथ निर्माण गरिन्छ
वैदिक छन्द लक्षण
गायत्री छन्दपूर्व पाँचोटा छन्दहरु छन् । यी छन्दहरु चाराक्षरदेखि प्रारम्भ भई ४–४ अक्षरले बढ्दै जान्छन् । उदाहरणः
छन्दनाम अक्षर संख्या
मा ४
प्रमा ८
प्रतिमा १२
उपमा १६
समा २०
गायत्री छन्द र भेद
गायत्री छन्द २४ अक्षरको छन्द हो । यसमा ८, ८ अक्षरका तीन (३) पाउ र ६, ६ अक्षरका चार (४) पाउ हुन्छन् ।
अष्टाक्षरी गायत्री ८±८±८ . २४
षडाक्षरी गायत्री ६±६±६±६ . २४
१) पदपंक्तिगायत्री
पाँच(पाँच अक्षरका पाँच पाउका छन्दलाई पदपंक्ति गायत्री छन्द भनिन्छ ।
५±५±५±५±५.२५
२) भुरिक् पदपंक्तिगायत्री
चार पाउ ५ अक्षरको र अन्तिम पाउ ६ अक्षरको भए यो छन्द बन्छ ।
५±५±५±५±६.२६
३) भुरिक्गायत्री
८±१०±७. २५
४) पादनिचृत् वा विराट् गायत्री
७±७±७. २१

५) अतिनिचृत गायत्री
७±६±७. २०
६) वर्धमानागायत्री
६±७±८. २१
७) द्विपदा गायत्री
१२±१२. २४
८) उष्णिक् गर्भा गायत्री
६±७±११. २४
उष्णिक् छन्द र भेद
उष्णिक् छन्द २८ अक्षरीय छन्द हो । यस छन्दमा मात्र ३ पाउ हुन्छन् ।
८±८±१२. २८

१) पुरउष्णिक् छन्द
यस छन्दमा पहिलो पाउमा १२, द्वितीय र तृतीय पाउमा ८,८ अक्षर हुन्छन् ।
१२±८±८. २८
२) ककुप् छन्द
८±१२±८. २८
३) ककुम्न्य्ङ कुशिरा
११±१२±४. २७
४) पिपीलिकामध्या
११±६±११. २८
५) तनुशिरा
११±११±६. २८
६) अनष्टुब् गर्भा
५±८±८±८ . २९

अनुष्टुप् छन्द
अनुष्टुप् छन्द ३२ अक्षरीय छन्द हो । यस छन्दमा ८–८ अक्षरका चार पाउ हुन्छन् ।
८±८±८±८ . ३२
१) कृति
यो छन्दमा प्रथम र द्वितीयमा १२–१८ र तृतीयमा ८ अक्षरहरु हुन्छन् ।
१२±१२±८ . ३२
२) पिपीलिकामध्या
१२±८±१२ . ३२
३) काविराट्
९±१२±९ . ३०
४) नष्टरुपा
९±१०±१३ . ३२

५) विराट्
१०±१०±१० . ३० वा ११±११±११ . ३३
बृहती छन्द
बृहती छन्द प्रायः चार पाउको ३६ अक्षरीय हुन्छ । यसको पहिलो, दोश्रो र तेस्रोमा ८–८ र चौथोमा १२ अक्षरको हुन्छ ।
८±८±८±१२ . ३६
१) पुरस्ताद्बृहती
१२±८±८±८ . ३६
२) उपरिष्टाद्बृहती
८±८±८±१२ . ३६
३) उरोबृहती
८±१२±८±८ . ३६
४) विराट्उर्ध्वबृहती
१२±१२±१२. ३६
पंक्ति छन्द
पाँच पाउ हुने ४० अक्षरीय छन्द पंक्ति छन्द हो ।
८±८±८±८±८ . ४०
१) विराट् पंक्ति
१०±१०±१०±१० . ४०
२) सतोबृहती
१२±८±१२±८ . ४०
त्रिष्टुप् छन्द
४४ अक्षरीय ११–११ अक्षरका चार पाउ हुने छन्द त्रिष्टुप् छन्द हो ।
११±११±११±११. ४४
१) ज्योतिष्मती
१२±१२±१२±८ . ४४

२) विराटस्थाना
जसको एक अथवा अनेक पाउ ९,१०,११ अक्षरको हुन्छ भने त्यो विराट्स्थाना त्रिष्टुप् छन्द भनिन्छ ।
९±१०±१०±११ . ४०
९±९±१०±११ . ३९
९±१०±११±११ . ४१
३) यवमध्या
८±८±१२±८±८.४४
जगती छन्द
१२(१२ अक्षरका चार पाउ हुने ४४ अक्षरीय छन्द जगती छन्द हुन्छ ।
१२±१२±१२±१२ . ४८
१) महापंक्ति जगती
८±८±८±८± ८±८ . ४८
२) महासतोबृहती
८±८±८±१२±१२ . ४८
उपर्युल्लिखित वैदिक छन्द र भेद(प्रभेदको विस्तार ऋक्प्रातिशाख्य छन्द लक्षण ग्रन्थानुसार गरिएको छ । हुन त छन्दका लक्षण ग्रन्थहरु अनेक छन्( पिंगलच्छन्दःसूत्र, उपनिदान सूत्र, ऋक्र्सवानुक्रमणी, निदानसूत्र आदि । वैदिक छन्दोमीमांसामा छन्दःशास्त्रको आदि मूल वेदलाई लिइएको छ । ऋग्वेद–प्रातिशाख्यलाई छन्दशास्त्रको प्राचीनतम रचना मानिन्छ । ऋग्वेद तथा यजुर्वेदको सर्वानुक्रमणीमा छन्दको प्रशस्त विवरण पाइन्छ । छंदो˜नुक्रमणीमा १० मण्डल छन् । जसमा ऋग्वेदका समस्त छन्दहरुको क्रमशः विवरण पाइन्छ जुन् शौनकद्वारा विरचित हो । शांखायन श्रोतसूत्रमा पनि प्रसंगवश छन्दको चर्चा गरिएको पाइन्छ । पतञ्जलिले निदानसूत्रमा छन्दशास्त्रका प्रवक्ताहरुको नाम उल्लेख गरेका छन् भने यास्कले आफ्ना निरुक्तमा वैदिक छन्दहरुको नाम यसरी निर्वचन गरेका छन्ः
गायत्री गायते स्तुतिकर्मणः । त्रिगमना वा विपरीता ।गायतो मुखात् उदपतत् इति च ब्राहृमणम् । उष्णिगुत्स्नाता भवति । स्निहा्रतेवा स्यात्कान्तिकर्मणः । उष्णीषिणी वेत्यौपमिकम् । उष्णीषं स्नायतेः । ककुप्ककुभिनी भवति । ककुप्च कुब्जश्च कुजतेवा । उब्जतेवा । अनुष्टुबनुष्टोभनात् । गायत्रीमेव त्रिपदां सतीं चतुर्थेन पादेनानुष्टी भवतीति इति च ब्राहृमणम् । बृहती परिबर्हणात् । पंक्तिःपंचपदा । त्रिष्टुब्स्तोभत्युत्तरपदा । का तु त्रिता स्यात् । तीणतमं छन्दः । त्रिबृद्वज्ज्रस्तस्य स्तोभतीति वा । यत् त्रिरस्तोभत्तत्त्रिष्टुप्त्वम् इति विज्ञायते । जगती गततमं छन्दः । जलचरगतिर्वा । जल्गल्यमानो असृजत् इति च ब्राहृमणम् । विराड् विराजनाद्वा । विराधनाद्वा । व्रि्रापणाद्वा । विराजनात्सम्पूर्णाक्षरा । विराघनादूनाक्षरा । व्रि्रापणादधिकाक्षरा । पिपीलिकामध्येत्यौपमिकम् । पिपीलिका पेलतेगतिकर्मण ।
छन्दःशास्त्रका प्राचीन आचार्य
वेदा•हरुका प्रवक्ता शिव र बृहस्पतिलाई मानिएको छ । वेदाङ्गानि तु बृहस्पतिः (महाभारत, शान्तिपर्व २८४।९२) ले यसै कुरालाई बोध गर्दछ । वेदात् षडंगान्युद्धृत्य(महाभारत, शान्तिपर्व २८४।९२ का अनुसार शिवलाई प्रणेताका रुपमा लिइएको छ । छन्दशास्त्रहरुको प्रवतक गर्ने आचार्यको परम्पराको उल्लेख यादव प्रकाशले छन्दःसूत्र(भाष्यमा वैदिक छंदोमीमांसा, पृष्ठ ५७ का आधारमा यसरी उल्लेख गरेका छन् ।

छंदोज्ञानमिदं भवाद् भगवती लेभे सुराणां गुरुः,
तस्माद् दुश्च्यवनस्ततो सुरगुर्रुमाण्डव्यनामा ततः ।
माण्डव्यादपि सैतवस्तत ऋषिर्यास्कस्ततः पिङ्गलः,
तस्येदं यशसा गुरोर्भुवि धृतं प्राप्यास्मदाद्यैः क्रमात् ।।
यादवप्रकाशले आफ्नो ग्रन्थमा अन्तिममा यो श्लोक पनि राखेका छन् ।
छन्दः शास्त्रमिदं पुरा त्रिनयनाल्लेभे गुहो˜नादितः,
तस्मात् प्राप सनत्कुमारमुनितस्तस्मात् सुरार्ण गुरुः ।
तस्माद्देवपतिस्ततः फणिपतिस्तस्माच्च सत्पिङ्गलः
तच्छिष्यैबहुभिर्महात्मभिरयो महृमां प्रतिष्ठापितम् (वृत्तरत्नाकर)

पं.युधिष्ठिर मीमांसकले राजवर्तिकमा र जयकीर्तिले छन्दोनुशासनमा छन्द प्रवक्ताहरुको परम्परा लाई यसरी उल्लिखित गरेका छन् ।
यादव प्रकाशले छन्दशास्त्रको आचार्यहरूलाई यसरी उल्लेख गरेका छन् ः
शिवगिरिजानन्दिफणीन्द्रबृहस्पतिच्यवनशुक्रमाण्डव्याः ।
सैतवपिंगलगरुडप्रमुखा आद्या जयन्ति गुरुचरणाः ।।
यसबाट के प्रमाणित हुन्छ भने आचार्य पि•लपूर्व धरै छन्दशास्त्रहरु र शास्त्रीहरु रहेका थिए । यद्यपि अहिले ती अस्तित्वमा छैनन् ।
पि•लपूर्ववर्ती छन्द शास्त्रका आचार्य
१) शिव र उनका परिवार
शिवलाई छन्दशास्त्रका प्रवर्तक तथा आदि आचार्यका रुपमा यादवप्रकाश र राजवार्तिककार ले अभिलेखन गरेका छन् ।
२) सनतकुमार
यादवप्रकाशको भाष्यको अन्त्यमा अज्ञात छन्दशास्त्रको लेखकका रुपमा यिनको नामोल्लिखित छ । जहाँसम्म यिनी बृहस्पतिका गुरु हुन सक्ने आशंका गर्न सकिन्छ ।
३) बृहस्पति
पं.युधिष्ठिर मीमांसकले यिनलाई बार्हस्पत्य सम्प्रदाय आविर्भावकर्ता मानेका छन्, यिलाई इन्द्रका गुरुका रुपमा लिइन्छ ।
४) इन्द्र
ऐन्द्र–व्याकरणका प्रवर्तक इन्द्रलाई यादवप्रकाश र राजवर्तिकले छन्दःशास्त्रकारका रुपमा स्मरण गरेका छन् ।
५) शुक्र
शुक्रनीतिका प्रवक्ता शुक्रलाई पनि दुवै आचार्यले छन्दःशास्त्रको प्रवक्तकाका रुपमा लिएका छन् ।
६) कपिल
सांख्यदर्शनका आचार्य कपिललाई मीमांसकले कृतयुगका अन्तिम आचार्य मानेका छन् । जयकीर्तिको छन्दशास्त्रमा यिनलाई ‘यति’ चाहिने आचार्यको रुपमा लिएका छन् ।
७) माण्डव्य
मीमांसकले त्रेतायुगीनका रुपमा यिनलाई लिएका छन् । यिनको नाम पिंगल, जयकीर्ति, यादवप्रकाश चन्द्रशेखर भट्टहरुले छन्दःशास्त्रको प्रवक्ताको रुपमा उल्लेख गरेका छन् ।
८) वसिष्ठ
जयकीर्तिले यिनको नाम छन्दःशास्त्रको आचार्यको रुपमा लिएका छन् ।
९) सैतवः यिनको नाम सबै परम्परामा उल्लिखित छ ।
१०) भरतः यिनलाई जयकीर्तिले छन्दःशास्त्रको प्रवक्ताको रुपमा लिएका छन् ।
११) कोहलः यिनको नाम पनि जयकीर्तिले स्मरण गरेका छन् ।
द्वापरयुगीन छन्दः प्रवक्ताहरु
मीमांसकले यास्क, रात, क्रौष्टुकि, कौण्डिन्य, ताण्डी, अश्वतर, कम्बल, काश्यप, पांचाल र पतञ्जलिलाई द्वापरयुगीन छन्दःशास्त्रका प्रवक्ताहरुका रुपमा ८ आचार्यका रुपमा स्वीकार गरेका छन् ।
कलियुगीन छन्दः प्रवक्ता तथा आचार्यहरु
मीमांसकले देहाय आचार्यहरुलाई कलियुगीन छन्दःशास्त्रकारका रुपमा उल्लेख गरेका छन् ।
१) उक्थशास्त्रकार २) कात्यायन ३) गरुड ४) गार्ग्य ५) शौनक ६) पिङ्गल
मीमांसकले आचार्य पिङ्गलको युग यसैलाई मानेका छन् । पि•लबाहेक उल्लिखित आचार्यहरुका कुनै ग्रन्थहरु दृष्टिगोचर हुँदैनन् ।
आचार्य पि•ल र पि•ल(छन्दःसूत्र
मत्स्य पुराणमा नग र पि•ल देख्न सकिन्छ ।
बोधिनर्गः सौगमाक्षिक्षीरयोरिकिरेव च
ज्ञात्वायनो हरिर्वाश्यः पैंगलश्च तथैव च
मत्स्य पुराण १९६.६।१९६.३२
आचार्य पतंजलिले महाभाष्यको नवाहि्नकमा पि•ल र कण्वको उल्लेख गरेको पाइन्छ ।
पैङ्गल(काण्व । (आह्निक ९(सूत्र (७३)
सांख्यदर्शनका आचार्य आसुरि र पिङ्गलको नाम वामनपुराणमा पनि देख्न सकिन्छ । स्कन्दपुराणको काशीखण्डमा पनि पिङ्गलको नाम देख्न सकिन्छ ।
पि•ल पाणिनिकै भाइ भएको प्रामाणिक कुरो वेदार्थदीपिकामा देख्न सकिन्छ ।
‘सूत्रयते हि भगवता पिङ्गलेन पाणिन्यनुजेन (पृष्ठ(७०) ।
पतञ्जलिले महाभाष्यमा पाणिनि र पि•ललाई दाक्षीपुत्र भनेका छन् । दाक्षीका श्रीमान् पणिन् थिए । ‘संग्रह’ ग्रन्थका रचियता आचार्य व्याडिको अर्को नाम दाक्षारायण थियो । यसर्थ व्यडका सुपुत्र व्याडि र सुपुत्री दाक्षी थिए । यिनै दाक्षी र पणिन्बाट पाणिनि र पिङ्गलले जन्म लिएका थिए । यिनीहरु शालतुर निवासी थिए । यसैकारणले पाणिनिको एउटा नाम शालातुरीय पनि छ । पाणिनि र पि•लको समयकाल संस्कृत शस्त्रका सुप्रसिद्ध इतिहासकार बलदेव उपाध्यायले ७५० इसापूर्व र युधिष्ठिर मीमांसकले २८५० इसापूर्व बनाएका छन् । पाणिनि र पिङ्गलको मृत्युको सम्बन्धमा पंचतन्त्र, मित्रसंप्राप्तिको श्लोक १६ मा यसो भनिएको छ ।
सिंहो व्याकरणस्य कर्तुरहरत् प्राणान् प्रियान् पाणिनेः ।
छन्दोज्ञाननिधिं जघान मकरो वेलातटे पिङ्गलम् ।।

आचार्य पि•ललाई कसै कसैले नाग पनि भनेको पाइन्छ । तर त्यो तर्कस•त देखिँदैन । कतै कतै पि•ललाई पाणिनीपूर्वका ग्रन्थकारका रुपमा पनि लिइएको पाइन्छ । पिङ्गल छन्दका प्रणेता होइनन् तर अनुसन्धानकर्ता हुन् र उत्तरवर्ती सबै छन्दःशास्त्रकारहरु यिनकै ऋणी छन् । “र्सपराजःशुद्धकायो जल्पति पिङ्गलः” भने पनि पिङ्गलसूत्रका वृत्तिकार हलायुथ भट्टले “पिङ्गलादिभिराचार्येः” भनी आचार्यमा गणना गरेकाले लौकिक जगत्मा छन्दःशास्त्रको ग्रन्थीकरण गर्ने महती कार्य आचार्य पि•लबाटै भएको हो ।”प्रथम भाषातरण्ड” भन्ने वाक्यबाट संस्कृत साहित्यका आदिकवि वाल्मीकि, प्राकृतका आदिकवि शालिवाहन र भाषाका आदिकवि पि•ललाई लिन सहजै सकिन्छ । कविराज राजशेखरले पनि शास्त्रकार आचार्यको पंक्तिमा राखेकाले पि•ल अवश्यमेव लौकिक छन्दशास्त्रका आदि ग्रन्थकार हुन् भन्न अतिरञ्जन नहोइन । ‘प्राकृत(पिंगल’ को आधार पनि यिनकै पि•ल छन्दःसूत्र नै हो । अग्निपुराणमा ३२८ देखि ३३५ सम्म ८ अध्यायमा छन्दको विवेचना गरिएको छ । यसको आधार पनि पिङ्गलछन्दःसूत्र नै हो । “छन्दो वक्ष्ये मूलजैस्तैः पिंगलोक्तं यथाक्रभम्”– (अग्निपुराण, ३२८।१) नारदपुराणमा एक अक्षरीय छन्ददेखि दण्डक छन्दतक ५७ औँ अध्यायमा चर्चा गरेको पाइन्छ । वाल्मीकि रामायाण्मा १३, महाभारतमा १८ र श्रीमद्भागवत्मा २५ ओटा छन्दको प्रयोग पाइन्छ ।
परवर्ती छन्द सम्बन्धी ग्रन्थ तथा ग्रन्थकार
कतिपय छन्द प्रवक्ताहरुको नाम मात्र उल्लेख छ । तर ग्रन्थ भने अद्यावधि अनुपलब्ध छन् ।
उदाहरणः–
१) पूज्यपाद २) भामह ३) दण्डी ४) पाल्यकीर्ति ५) दमसागरमुनि ६) बृद्धकवि ७) सालाहरण ८) हाल ९) मनोरथ १०) अर्जुन ११) गोसल १२) गोविन्द १३) चतुर्मुख
प्राचीन संस्कृत वाङ्मयमा उल्लिखित छन्दशास्त्रका नामहरु
१) छन्दो विचिति२) छन्दोमान ३) छन्दो भाषा ४) छन्दो विजिनि ५) छन्दो नाम६) छन्दो विजिति
७) छन्दो व्याख्यान ८) छन्दसां विचयः ९) छन्दसां लक्षणम् १०) छन्दःशास्त्र ११) छन्दो ˜ नुशासन
१२) छन्दोविवृत्ति १३) वृत्त १४) पि•ल
छन्द शास्त्र ग्रन्थकार समयावधि
१) वृहत्संहिता वराहमिहिर अज्ञात
२) छन्दोविचिति जनाश्रय छैँठौ शताब्दी
३) जयदेवच्छन्दस् जयदेव ६००–९०० वि.सं.
४) गाथालक्षण नन्दिताढ्य अज्ञात
५) वृतजातिसमुच्चय विरहांक ९ देखि १० औं शताब्दी
६) छन्दोनुशासन जयदेव १००० इस्वी संवत्
७) स्वयम्भूच्छन्द स्वयम्भू जैन १० औं शताब्दी
८) रत्नमञ्जूषा अज्ञात (जैन(कृति) ११ वा १२ औं शताब्दी
९) वृत्तरत्नाकर केदारभट्ट ११ औं शताब्दी
१०) सुवृत्ततिलक क्षेमेन्द्र ११ औं शताब्दी
११) श्रुतबोध कालिदास (अरु कुनै) १२ औं शताब्दी
१२) छन्दोक्नुशासन हेमचन्द्र वि.सं.११४५–१२२९
१३) कविदर्पण अज्ञात (जैन कृति) १३००(१३४१
१४) छन्दःकोष रत्नशेखरस्रि १५ औं शताब्दी
१५) प्राकृत पि•ल हर्रि्रहमा १४ औं शताब्दी
१६) वाणीभूषण दामोदर मिश्र १४३१–१४९६
१७) छन्दोमञ्जरी दूर्गादास १५ वा १६ औं शताब्दी
१८) वृत्तमुक्तावली कृष्णभट्ट १७८८–१७९९
१९) वाग्वल्लभ दुःखभंजन शर्मा १९५०–१९७० वि.म.
लौकिक साहित्यमा पद्यको प्रथम प्रादूर्भाव
लौकिक साहित्यको पहिलो पद्य वाल्मीकिको मुखारविन्दबाट आविर्भूत भएको भन्ने कथन छ । तमसा नदीमा आफ्ना शिष्यहरुसित स्नान गरी घर फर्कने क्रममा अचानक प्रेमालापमा अभिभूत क्रौञ्चदम्पती (कर्यासङकुरुङका जोडी) मध्ये एउटालाई व्याधाले महषिर्कै सम्मुख सहसा वाण छोडिदियो । रगतले मुछिएको आफ्नो भाले जोडीलाई देखेकी पोथीको वक्षभेद्य करुण चित्कारलाई हेर्दै महषिर्को मुखबाट व्याधाउपर यो श्लोकबद्ध वाणी स्फुरित भयो–
मा निषाद् ! प्रतिष्ठान्त्वमगभमः शाश्वतीः समाः,
यत्क्रौञ्चमिथुनादेकमवधिः काममोहितम् । (बाल्मीकि रामायण(बालकाण्ड)
(हे, चण्डाल व्याथा । तैंले यी पंक्षीहरुको जोडीमा काममोहित भालेचाहिँलाई मारिस्, यसबाट तँलाई कहिल्यै प्रतिष्ठा प्राप्त नहोस्)
वाणिर्क छ्रन्द संख्या र भेद
अक्षर संख्या छन्दको (नाम) सम्पूर्ण छन्द संख्या
१ एक अक्षरको एक पाउ हुने छन्दहरु उक्ता २
२ दुइ अक्षरको एक पाउ हुने छन्दहरु उपयुक्ता ४
३ तीन अक्षरको एक पाउ हुने छन्दहरु मध्या ८
४ चार अक्षरको एक पाउ हुने छन्दहरु प्रतिष्ठा १६
५ पाँच अक्षरको एक पाउ हुने छन्दहरु सुप्रतिष्ठा ३२
६ छ अक्षरको एक पाउ हुने छन्दहरु गायत्री ६४
७ सात अक्षरको एक पाउ हुने छन्दहरु उष्णिक् १२८
८ आठ अक्षरको एक पाउ हुने छन्दहरु अनुष्टुप् २५६
९ नौ अक्षरको एक पाउ हुने छन्दहरु वृहती ५१२
१० दश अक्षरको एक पाउ हुने छन्दहरु पंक्ति १०२४
११ एघार अक्षरको एक पाउ हुने छन्दहरु त्रिष्टुप २०४८
१२ बाह्र अक्षरको एक पाउ हुने छन्दहरु जगती ४०९६
१३ तेह्र अक्षरको एक पाउ हुने छन्दहरु अति जगती ८१९२
१४ चौध अक्षरको एक पाउ हुने छन्दहरु शक्वरी १६३८४
१५ पन्ध्र अक्षरको एक पाउ हुने छन्दहरु अतिशक्वरी ३२७६८
१६ सोह्र अक्षरको एक पाउ हुने छन्दहरु अष्टि ६५५३६
१७ सत्र अक्षरको एक पाउ हुने छन्दहरु अत्यष्टि १३१०७२
१८ अठार अक्षरको एक पाउ हुने छन्दहरु धृति २६२१४४
१९ उन्नाइस अक्षरको एक पाउ हुने छन्दहरु अतिथृति ५२४२८८
२० बीस अक्षरको एक पाउ हुने छन्दहरु कृति १०४८५७६
२१ एक्काइस अक्षरको एक पाउ हुने छन्दहरु प्रकृति २०९७१५२
२२. बाइस अक्षरको एक पाउ हुने छन्दहरु आकृति ४१९४३०४
२३ तेइस अक्षरको एक पाउ हुने छन्दहरु विकृति ८३८८६०८
२४ चौबीस अक्षरको एक पाउ हुने छन्दहरु संस्कृति १६७७७२१६
२५ पच्चीस अक्षरको एक पाउ हुने छन्दहरु अतिकृति ३३५५४४३२
२६ छब्बीस अक्षरको एक पाउ हुने छन्दहरु उत्कृति ६७१०८८६४
मात्रिक छन्द संख्या र भेद
मात्रा संख्या वर्ग संख्या कुलभेद वा छन्द संख्या
१. चान्द्र १
२. पाक्षिक २
३. राम ३
४. वैदिक ५
५. याज्ञिक ६
६. रागी १३
७. लौकिक २१
८. वासव ३४
९. आंक ५५
१०. दशिक ८९
११. रौद्र १४४
१२. आदित्य २३३
१३. भागवत ३७७
१४. मानव ६१०
१५. तैथिक ९८७
१६. संस्कारी १५९७
१७. महासंस्कारी २५८४
१८. पौराणिक ४१८१
१९. महापौराणिक ६७६५
२०. महादैशिक १०९४६
२१. त्रैलोक १७७११
२२. महारौद्र २८६५७
२३. रौद्रिक ४६३६८
२४. अवतारी ७१०२५
२५. महावतारी १२१३९३
२६. महाभागवत १९६४१८
२७. नाक्षत्रिक ३१७८११
२८. यौगिक ५१४२२९
२९. महायौगिक ८३२०४०
३० महातैथिक १३४६२६९
३१. अश्वावतारी २१७८३०९
३२. लाक्षणिक ३५२४५७८
छन्द

मात्रिक (जाति) वाणिर्क (वृत्र)

समर् अर्धसम विषम् सम अर्धसम विषम

साधारण दण्डक साधारण दण्डक
मात्रिक गण
प्राचीन ग्रन्थहरुमा कतैकतै मात्रिक छन्दका लक्षण उक्त गणसंग मिलेकेा देखिन्छ । तर अहिले भने संख्या वा संख्यासूचक शब्दका माध्यमले कविहरुले मात्रिक छन्दमा कविता लेखेको दृष्टिगत हुन्छ ।
मात्रिक गण
ट गण ( ६ मात्रा ।
ठ गण ( ५ मात्रा ।
ड गण ( ४ मात्रा
ढ गण( ३ मात्रा
ण गण( २ मात्रा

टगण ठगण
क्र.सं. रुप नाम क्र.सं. रुप नाम
१. SSS हर १. ISS इन्द्रासन
२. IISS शशि २. SIS वीर
३. ISIS सूर्य ३. IIIS चाप
४. SIIS शक्र ४. SSI हीर
५. IIIIS शेष ५. IIS शेषर
६. ISSI क्षहि ६. ISII कुसुम
७. SISI कमल ७. SIII अहिगण
८. IIISI धाता ८. IIIII पापगण
९. SSII कलि
१०. IISII चंद्र
११. ISIII ध्रुव
१२. SIIII धर्म
डगण ढगण णगण
क्र.सं. रुप नाम क्र.सं. रुप नाम क्र.सं. रुप नाम
१. SS कर्ण १. IS रसवास १. S हरि
२. III कसल २. SI पौन
३. ISI मुरारि ३. III वलय
४. SII वसुचरण ५. IIII वित्र
पिङ्गलका दशाक्षरहरु
सूत्रकार आचार्य पिङ्गलले प्रथम सूत्र “धी श्री स्त्रीम्” (ध इ, श, र र्इ, स्, त, र, इ, म) नै छन्दःसूत्रका रुपमा प्रवर्तन गरेका हुन् । यही दशाक्षर नै पि•लको दशाक्षर ( (म, न, भ, य, ज, र, स, त, ग, ल) हरुका सूचक हुन् । यसबाट के बुझिन्छ भने वर्णन तीन प्रकारका हुन्छन् । उदाहरण( ह्रस्व (लघु) सूचक (ष्) दीर्घ (गुरु) सूचक (क) र त्नुत ।
एक मात्रो भवेद् हृस्वो, द्विमात्रो दीर्घ उच्यते
त्रिमात्रस्तु प्लुत ज्ञेयो, व्यजनं चार्द्ध मात्रकम्
चाषश्चैकां वदेन्मात्रां, द्विमात्रं वायसो वदेत्
त्रिमात्रंतु शिखी ब्रूते, नकुलश्चार्ध मात्रकम्
(छन्दप्रभाकर)
वरासाय– यगण
कागुहार– रगण
वसुधास– सगग
सातेकत–तगण
कदासज– जगण
किंवदभ– भगण
नहसन– नगण
तीन वर्णनलाई प्रस्तार यसरी गर्न सकिन्छ ।
मगण – SSS
यगण– ISS
रगण– SIS
सगण– IIS
नगण– SSI
जगण– ISI
मगण– SII
नगण– III
संस्कृतका प्राचीन आचार्यहरुले र पिङ्गल स्वयंले यो सारा विश्व विष्णुले व्याप्त भएझैँ दशाक्षरले काव्यारुपी सृष्टि व्याप्त भएको कुरा उल्लेख छ ।
“म्यरस्तजभ्नगैलान्तेरेर्भिदशभिरक्षरैः
समस्तं वाङ्मयं व्याप्तं त्रैलोक्यमिव विष्णुना” (वृत्तरत्नाकर १।३)
पि•लकृत दक्षाक्षरले विष्णुका दशावतारसंग सम्बन्ध राखेको बोध हुन्छ ।
गणाक्षर अवतार स्वामी फल
मगण क्क्क् आदौ(मीन पृथ्वी श्री
(मत्यस्य)
यगण ISS गुहा (कच्छ) जल वृद्धि
रगण SIS शूकर (वाराह) अग्नि दाह
सगण IIS नृहरि (नरसिंह) वायु भ्रमण
तगण SSI तन्वंग (वामन) व्योम शून्य
जगण ISI द्विजेश (परशुराम) सुर्य भय
मगण SSS भानुज (रामचन्द्र) शशि यश
नगण III निगम (कृष्ण) स्वर्ग सुख
ग S बुद्ध (गुरु) गुरुवत शान्ति
ल I कल्कि लघुवत् विनाश
ध्वनिप्रवाहका आधारमा प्राचीन छन्दाचार्यहरुले शुभ र अशुभ गण भनी प्रष्टाएका छन् ।
(शुभ) (अशुभ)
गण रुप गण रुप
म SSS ज ISI
न III र SIS
म SII स IIS
य ISS त SSI
पि•लकृत दशाक्षरलाई दश इन्द्रियका रुपमा पनि ग्रहण गर्न सकिन्छ ।
१. मगण – नाक २. नगण– कान ३. भगण – आँखा
४. यगण – जिब्रो ५. जगण– छाला ६. रगण – हात
७. सगण – गोडा ८. तगण(जननेन्द्रिय ९. ल – मुख १०. गु–गुदद्वार
ज्ञानेन्द्रिय र कर्मेन्द्रियको समुचित मेलबाटै मानव मानव कहलिन्छ । यदि दुवैको सन्तुलित संगम हुन नसके अर्थात् सुयोजन हुन नसके जीवन दि्कभ्रमित हुन सक्छ । एतएव जीवनलाई सङ्गतिमय, सङ्गीतमय र रागमय बनाउन छन्दवद्ध हुन आवश्यक छ । छन्दवद्ध हुनु भनेको जीवन सार्थक हुनु हो । सार्थक जीवन नै तत्वदर्शनहेतु आवश्यक छ । यसखातिर छन्द वैशाखी हो ।
वर्ण चिनारी
लघुगुरुसिद्धान्त
स्वानुस्वारश्च दीर्घश्च विर्सर्गी च गुर्रुभवेत् ।
वर्ण संयोगपूर्वश्च तथा पादान्तगो˜पि वा ।। (छन्दोमञ्जरी प्रथमः स्तबकः ११ )
आचार्य पिङ्गलले गणविभाजनहेतु सबै स्वर र व्यञ्जनलाई ह्रस्व (लघु) सूचक (।) र दीर्घ (गुरु) सूचक (S) गरी दुइ भागमा बाँडेका छन् ।
(क) ह्रस्व वर्ण( अ, इ, उ, ऋ स्वर र यिनै स्वरसित जोडिएका सबै व्यञ्जनहरु (क,कि, कु, कृ)
(ख) दीघ वर्ण आ इ, उ, ए, ऐ, ओ, औ, अं, अः र जोडिएका व्यञ्जनहरु
(का, कि, कू, के, कै, को, कौ, कं.कः)
संयुक्त व्यञ्जन (S) र (।)
संयुक्त व्यञ्जनप्रयोग शब्दावलीको उच्चारणम अघिल्लोले आधा वर्णलाई तानेमा अगाडि ह्रस्व (लघु) भएतापनि दीर्घ (गुरु) नै हुन्छ तर व्यञ्जन तान्न नसके जस्तैः ह्रस्व (।) नै रहन्छ ।
शब्दहरु उच्चारण दीघवर्ण शब्दहरू उच्चारण दीर्घवर्ण अन्धो अन् ±धो अ (S) गर्यो ग ±र्यो ग (।)
दृष्टि दृश् ±टि दृ(क्) उज्यालो उ ±ज्यालो उ (।)
सुस्त सुस् ±त स( क्) अँध्यारो अँ±ध्यारो अँ (।)
सुटुक्क सुटुक् ±क टु ( क् ) ‘य’ सँग जोडिएका संयुक्त व्यञ्जनमा प्रायः यो स्थिति देखिन्छ । तर अन्य अन्याय आदि ‘य’ मा जोडिए तापनि दीर्घ (S) नै हुन्छन् ।
प्र, क्र हृ इत्यादि प्रादि वर्ण आघिल्तिरका शब्दहरु गुरु (S) लघु (I)दुवै हुन सक्छन् ।
यदा तीव्रप्रयत्नेन संयोगादेरगौरवम् ।
न च्छन्दोभ•मत्याहुस्तदा दोषाय सूरयः ।इति (ढुङ्गाना, २००१ः२)
छन्दको गणबाटै नियत भए पनि श्लोकको पाउहरुको अन्तिम अक्षर लघु (।) गुरु (S) जे राखे पनि हुन्छ । यसमा नियत गण नै रहनुपर्छ भन्ने छैन । “पादान्तस्थं विकल्पेन” (कालिदास, श्रुतबोध(२) भन्ने भनाइले यस कुरालाई पुष्टि गर्दछ ।
दग्धाक्षरहरुका वर्ण
दग्धाक्षरहरु भन्नाले अशुभ वर्णलाई इङ्कति गर्दछ । कविकोविदहरुले आदिमा अशुभ वर्णको प्रयोग गर्न नहुने प्राचीन छन्दाचार्यहरुको भनाइ छ ।
शुभाक्षर अशुभाक्षर
क, ख, ग, घ, च, छ, ज, ड ङ, झ, म, ट, ठ, ढ, ण, त, थ, प
द, ध, न, य, श, स, क्ष फ, ब, भ, म , र
–१५ वटा वर्ण ल, व, ष, ह– –१९ वटा वर्ण छन्दको प्रयोग
अपि मास मसं कुर्यात् छन्दभङ्गो नकारयेत्
(बरु ‘मास’ शब्दलाई ‘मस’ बनाइयोस् तर छन्दको नियम भङ्ग नगरियोस्)
भने प्राचीन छन्दप्रवक्ताहरु वा आचार्यहरुको ह्रस्व दीर्घ सम्बन्धी यस भनाइले मानक वर्णविन्यासमा ठूलै व्यवधान पुर्यााएको छ । कविजनहरुले यसै भनाइलाई आदर्शस्वरुप अङ्गीकार गर्दा अनुचित मान्यता नै स्थापित बनाइएको यदाकदा देखिन्छ । हलन्त (खुट्टा काटिएको)(गरेनन्, बसेनन्, जगत्, श्रीमान् आदि शब्दलाई अजन्तका रुपमा प्रयोग गर्दै जाँदा अनर्थ भई वर्णविन्यासका लागि घातक सिद्धः भएको छ । गइन’ स्त्रीवाची सामान्य भूतको क्रियालाई न’स्लन्त बनाई ‘गइन्’ का रुपमा छन्द मिलाउनलाई प्रयोग गरिए अकर र करणमा समेत ठूलै हलचल उत्पन्न गर्छ । जुन किमार्थ सही छैन । एतएव, वर्णविन्यासलाई तोडमोड नगरी छन्दमा शब्दको रुप जस्तो छ त्यस्तै प्रयोग गर्नु अत्युत्तम ठहरिन्छ

पि•ल दशाक्षर सूत्र, संकेत, गण र उदाहरण
मस्त्रिगुरुस्त्रिलघुश्च नकारो आदिमध्यावसानेषु
भादिगुरुः पुनरादिलधुर्यः य–र–ता यान्ति लाघवम्
जो गुरुमध्यगतों रलमध्यः भ–ज–सा–गौरवं यान्ति
सोकन्तगुरु कव्थितोकन्तलघुस्तः मनौ तु गुरु– लाघवम्
– (पिङ्गल छन्द(सूत्र) (पिङ्गल छन्द सूत्र)
गण(परिचय
मस्त्रिगुरुस्त्रिलघुश्च नकारो, भादिगुरुः पुनरादिलघुर्यः ।
जो गुरुमध्यगतो रलमध्यः सो˜न्तगुरुः कथि ˜तोन्त लघुस्तः ।। (छन्दोमञ्जरीः प्रथमः स्तबक/८)
(यमाताराजभानसलगा)

१. यमाता ISS य– गएनन्, उठेनन्, अँध्यारो, उज्यालो, नराम्रो
२. मातारा SSS मा –जापानी, नेपाली, ऐलानी, धर्तीको, माटोले
३. ताराज SSI ता – आकाश, देखेर, लेखेर, आत्मीय, स्वर्गीय
४. राजमा SIS रा – तिर्सना, सम्झना, भावना, कामना, चाहना
५. जभान ISI ज – सुटुक्क, खुरुक्क, जुरुक्क, गएन, पुगेन
६. मानस SII मा – मादल, बादल, यापन, सम्झन, कायर
७. नसल III न – हृदय, सलल, सरस, चपल, सगर
८. सलगा IIS स – रसिलो, पहरा, लहरा, नबसी, नगई
९. ल I ल – म, तँ, त, ल, कि, हँ, र
१०. गु S गु – यो, त्यो, ती, यी, ऊ, खै, रे
उपर्युल्लिखित विधिबाट शास्त्रीय छन्दहरुमा सिर्जना गर्न सहजै सकिन्छ ।
छन्दमा यतिको भूमिका
जयदेवपिंगला सक्कयंमि दुच्चिय जइं समिच्छंति
मंडव्यभरहका सवसेयवपमुहा न इच्छंति
–(स्वयम्भूछन्द)
( अर्थात जयदेव र पिंगलले यति मान्छन् तर माण्डव्य, भरत, काश्यप र सैतवले मान्दैनन् ।
जयकीर्तिले यतिका सन्दर्भमा यसो भनेका छन् –
वाञ्छन्ति यति पिंगलवसिष्ठकौंडिन्यकपिलकम्बलमुनयः ।
नोच्छन्ति भरतकोहलमाण्डव्याश्वतरसैतवाद्याः केचित् ।।
( छन्दोनुशासन, १/१३
यतिर्जिहवेष्टविश्रामस्थानं कविभिरुच्यते
सा विच्छेदविरामाद्यैः पदैवाच्या निजेच्छया । (आप्टे, २००६ इ.ः८२५)
उच्चारण गर्दा जहाँ अडान लिने हो त्यसलाई यति भनिन्छ । यतिलाई विश्राम, विच्छेद, विराम र विरति पनि भन्ने गरिन्छ । छान्दिक कवितामा विश्रामको महती भूमिका रहन्छ । छन्दोवद्ध कविता पढ्दा बीचबीचमा छोटो विरति हुन्छ भने अन्तिममा (पाउको अन्तिममा) सुदीर्घ विरति हुन्छ । उच्चारणगत गमन वा धावन ‘गति’ हो भने बिसौनी ‘यति’ हो । छन्दका कवितामा प्रयुक्त शब्दहरुमा विश्रामको समस्या आए ‘यतिभ•दोष’ हुने कुरा छन्दग्रन्थहरुमा उल्लिखित छ । यदि यतिभ• भए श्रुतिमधुरतामा ठेस पुर्यायउँछ । छन्दका कविता सुललित अन्तर्गुञ्जन, मनोहारी, झङ्कार र हृदयाभिल्मञ्जनामयी प्रवाह र अभिराम–श्रवण–शालिनताले आच्छादित हुन्छ । यही नै छान्दिक कविताको सुष्ठु दिग्दर्शन हो ।
यतिभ•दोषको एउटा उदाहरण हेरौं–
हे मान्छे पीडित कति भई बाँच्दछौ व्यर्थ गम्की
के हो यो नाटक छ खुसियाली नयाँ क्यै छ पो कि
यो हाम्रो विश्वभरि दुखियाको कुनै हर्षछैन
दुःखीको र्इश्वर भन त सन्तोष उत्कर्षछैन –
माथि उल्लिखित मन्दाक्रान्ता १७ अक्षरीय छन्दको प्रत्येक पाउमा विरति दोष वा यतिभ•दोष हुँदा गेयत्मकता तपा आरोहवरोहमा त समस्या उत्पन्न गरेकै छ, त्यसमा पनि वाचनमा र श्रुतिमाधुर्यमा तगारो हालेको छ । यस श्लोकको प्रत्येक पाउमा यतिभ•दोष छ । नियमतः यो छन्दको विश्राम चार (४) र दश (१०) अक्षरमा हुनुपर्ने हो तर पहिलो पाउमा छैठौं अक्षरमा चाराक्षरमा यति हुनुपर्नेमा, दोस्रो पाउमा पनि छैठौं र एघारौंमा चार र १० मा यति हुनुपर्नेमा तेस्रो पाउमा र चौथो पाउमा पनि पाँचौ र एघारौं तथा छैठौं र बाह्रौं मा यति हुँदा यतिभ•दोषले सौन्दर्य सिल्पीलाई व्रि्रूप तुल्याएको छ ।
यसैगरी मन्दाक्रान्ता छन्दको कवितालाई दोषरहित ढ•बाट यसरी प्रस्तुत गर्न सकिन्छ ।
पीडा साँची मनुज कति पो बाँच्दछौ र्व्यर्थ गम्की
तिम्रो मस्ती छ कि यति नयाँ सिर्जना नै छ पो कि
साँच्चै धर्ती विकलहरुको चाहना हर्षछैन
के दुःखीको भन त भगवान् तृत्त उत्कर्षछैन ।

छन्द कवितामा भावको भूमिका
लयको सम्बन्ध शब्दविन्यासमा हुन्छ भने भावको सम्बन्ध विषयगत अनुभुत्यात्मक गहन संवेदनासित जडित हुन्छ । गणमा शब्द भर्दैमा र छन्द मिलाउँदैमा कविता हुने पनि होइन । पद्य श्लोक बनाउन र पद्य कविता बन्नमा धेरै वैभिन्न छ । कविता बनाइएको भन्दा बनेको नै राम्रो हुन्छ । बनाइएका कविता केही छिन् चर्चाका विषय त बन्लान् तर कालान्तरमा अस्तित्वविहीन हुन्छन् । भावविहीन शब्दविन्यास र वृत्तबन्धले कविता बन्नै सक्दैन । जहाँ शिल्पगत सचेतना र प्रभावकारी अभिव्यञ्जना छैन त्यो केवल सूचना बन्न पुग्छ न कि कविता । शब्दाडम्बर कविता होइन सरल सरोबर कविता हेा । पारसमणि प्रधानले भावको महत्ता, कविको आदर्श र कवि र कविताको तादात्मयलाई यसरी कवितामै परिभाषा दिएका छन् ।
कवि कविता होस्, कविता कवि होस्,
कविता तब पो हुन्छ ।
शब्द थुपारीकन के हुन्छ –
भाव भए पो पुग्छ

कवि हिर्दयको स्राव (निनाद
शब्द अर्थको प्रखर मुराद
कवितामा मिल्दछ आनन्द
कविता हो अनुशासन छन्द
(गजलविद्वोच्छिरोमणि डा. घनश्याम परिश्रमी

एउटा सफल कविले विषयानुकूल कोमल र कठोर वर्णन रसानुकूल छन्दको प्रयोगले शिल्पगत कालिगढी र भावगत जादुगरी प्रदर्शन गर्न सक्नुपर्छ । वाणभट्टले ‘कादम्बरी’ पूरा गर्न नसकी आफ्ना व्याकरणाचार्य र साहित्याचार्य पुत्ररत्न द्वयलाई एउटा सुकेको रुख थियो, त्यसमा एउटा काग बसेको थियो” भन्ने भावमा एक–एक ओटा पद्य लेख्न लगाएको र पहिलो पद्य भन्दा दोश्रो पद्य सिर्जना गर्ने पुत्रलाई आफ्नो उत्तराधिकारी घोषित गरेको कुरा संस्कृत साहित्य परम्परामा मीठो किंवदन्तीका रुपमा रहेको छ । प्रतिभाशाली दुवैले यसरी कविता लेखेका थिएः–
“शुष्को वृक्ष तिष्ठत्यग्रे
तदुपरि तिष्ठत्येको काकः”
दोस्रो पुत्रको पद्य–
“नीरस तरुरिह विलसति पुरतः
तदुपरि विलसति वायस एकः”
उपर्युल्लिखित दुवै पद्यको भाव एउटै भए तापनि शब्द छनोट, उक्ति वैचित्र्य र अवस्थाविषयक कोमल वर्णावलीले दोस्रो पद्य र पहिलो पद्यबीच केही पृथकता देखाएको छ । तर्सथ, सफल कवि र सफल कविता बन्न र बनाउनका निमित्त स्रष्टा र द्रष्टा हुँदै शिल्पगत माधुर्यको जलप र रसानूकुल छन्दको चयन टड्कारो रहन्छ ।
केही रसानुकूल छन्दहरु
१. शशिवदना – अन्तर्गुञ्जनयुक्त शब्द छनोटमा प्राकृतिक तथा सौन्दर्य चित्रणमा
२. सोमराजी – भक्तिरस वा कोमल भाव
३. विद्युन्लेखा – विप्रलम्भ श्रृङ्गार
४. तनुमध्या – बालरचनाका लागि उपयुक्त
५. मदलेखा – प्राकृतिक सौर्न्दर्य
६. शीर्षकरुपक – परिकर अलड्ढार
७. मधुमती – प्रसादगुणयुक्त भावमा
८. कुमारललिता – शान्त र करुणभाव
९. समानिका – वीर र रौद्ररसमा
१०. सुवास – प्रकृति प्रेमी कविका लागि
११. अनुष्टुप् – जस्तो सुकै भावमा
१२. विद्युन्माला – वीर, भक्ति र वात्सल्यभावमा
१३. चित्रपदा – भक्तिरस
१४. प्रमाणिका – वीररस
१५. कुर्सी – वीररस
१६. मणिमध्य – विप्रलम्ब श्रृङ्गारमा
१७. भजुगशिशुभृत – प्रसादगुणमा
१८. रुपामानी – सुललित शब्दमा/माधुर्यगुण वा जस्तोसुकै
१९. भुजङ्गसङ्गता – माधुर्यगुण
२०. चम्पकमाला – आन्तरिक गुञ्जनयुक्त कोमल पदावली
२१. शुद्धविराट – वीर र रौद्ररस
२२. मत्ता – तत्सम शब्दयुक्त कोमलभाव
२३. मनोरमा – बालगीत वा वात्सल्य
२४. इन्द्रबज्रा – करुणरस
२५. स्वागता – वीर वा करुणरस
२६. रथोद्वता – प्राकृतिक सौन्दर्य वा वीररस
२७. शलिनी – शृङ्गाररस वा कोमलभाव
२८. दोधक – माधुर्यगुण र कोमलकान्त पदावली
२९. इन्दिरा – भक्तिरस वा गीतमा
३०. समुखी – वीर, रौद्र, कोमलभाव र पदावली विन्यास
३१. मोटनक – वात्सल्य भाव
३२. वियोगिनी – करुणरस
३३. भुजङ्गप्रयात – शान्तभाव र कोमल पदावली
३४. स्रम्विणी – भक्तिरस सङगेतिक पदावली
३५. वंशस्थ – प्राकृतिक सौर्न्दर्य
३६. इन्द्रवंशा – सबै भाव
३७. दु्रतबिलम्वित – प्राकृतिक वर्णन र यमक अलङ्कार
३८. अभिनवतामरसा – शृंगार र करुणरस
३९. जलोद्ध्रुतगति – शान्त र कोमल भाव
४०. मन्दाकिनी – वीररस
४१. मालती – प्रसाद गुणयुक्त भाव
४२. जलधरमाला – बाल रचना
४३. प्रहषिर्णी – सौन्दर्य वर्णन
४४. मञ्जुभाषिणी – सीतयुक्त पदावली
४५. कलहंस – शृंगारस
४६. मृगेन्द्रमुख – प्राकृतिक वर्णन र शान्तरस
४७. वसन्ततिलका – प्राकृतिक सौन्दर्य र करुणरस
४८. चक्रपद – भक्तिरस वा ललित पदावली
४९. मालिनी – वीरस वा प्राकृतिक वर्णन
५०. शशिकला – विप्रलम्भ अलङ्कार
५१. तूणक – वीर रस
५२. लीलाखेल – हाँस्यरस
५३. चन्द्ररेखा – शान्तरस
५४. प्रभद्रक – शान्तरस वा प्राकृतिक वर्णन
५५. निशिपाल – बिप्रलम्भ शृंगार वा करुणरस
५६. भ्रमरावली – करुणरस
५७. पञ्चचामर – वीर र रौद्ररस
५८. नील – विप्रलम्भ शृङ्गार
५९. अचलधृति – भक्तिरस वा प्राकृतिक वर्णन ६०. शिखरिणी – करुणरस
६१. पृथ्वी – करुणरस
६२. मन्दाक्रान्ता – विप्रलम्भ शृंगार
६३. कोकिलक – कोमल एवं गेय पदावली
६४. चित्रलेखा – विप्रलम्भ शृंगार
६५. शार्दूलविकीडित – सबै भावमा प्रयोग गर्न सकिने ।
६६. छाया – करुणरस वा विप्रलम्भ शृंगार
६७. फुल्लदाम – प्रेम र करुणायुक्त भाव
६८. चन्द्रमाला – अनुकरणात्मक शब्दावली तथ तत्सम
६९. स्रग्धरा – प्राकृतिक वर्णन वा करुण भाव
७०. दुर्मिला – कोमल भाव
छन्दका कविताप्रतिको विश्व दृष्टिकोण
परिवर्तित समयको विविध कालखण्डमा साहित्य दर्शन विविध कोणबाट आउने गरेको देखिन्छ । मूलतः छन्दका कविता र कविहरुलाई पूरातनवादीका रुपमा चित्रित गर्ने परिपाटी देखिन्छ । नेपालमा भक्तिधारा अर्न्तर्गत रामभक्तिधाराको परमोत्कृष्ट छान्दिक कृति ‘रामायण’ (आदिकवि भानुभक्त आचार्यद्वारा रचित) नेपाली घर आगँनमा गुञ्जिरहने कृति थियो र अद्यावधि कतै (कतै छ पनि । प्राचीन कृतिहरु (संस्कृत वाङ्मय) पनि पुराणकालीन कथावस्तुमा आधारित छन् । सभ्यताको विकासक्रममा विश्वका सबै भाषा र साहित्यको उभ्युदय अदृश्य शक्ति र मिथहरुबाटै भएको भन्ने यथेष्ट प्रमाणहरु पाइन्छन् । पाश्चात्य जगत्को र्सवप्राचीन कृति इलियाड र ओडेसी (होमरद्वारा विरचित) छन्द ‘डेक्टालिक हेक्जामिटर’ पनि मिथ मै आधारित छ । छन्दमा लिखित कृतिहरुले पूरातन विचारलाई प्रश्रय दिन्छन् भने दूधमुखे तर्क नेपाली वाङ्मयका केही लालबुझक्कडको ठहर छ । यो कथमयि तर्कस•त छैन । बदलिदो परिवेशमा छान्दिक कृतिहरु पनि बदलिएका सहस्र प्रमाणहरु छन् । छन्द साधन हो साध्य होइन । विचारको प्रस• स्रष्टाको आफ्नो दृष्टिकोण हो । छन्द आफै कुनै निरपेक्ष दृष्टिकोण होइन । छन्दका कवितामा पनि परिवर्तनको गड्गडाहट कहाँ नसुनिएको छ । भक्ति र प्रशस्ति मात्र छान्दिक कवितामा पाइने भन्नु हुटिट्याउँले आकाश थामेसरह कुरा गर्नु हो ।
छन्दका विषयमा चर्चा चल्दा कोही भन्छन्( नियममा बाँधिनु ठीक होइन, स्वतःफूर्त निष्पन्न भावलाई त्यत्तिकै लेख्नु नै ठीक हुन्छ । यसै भावलाई अगाडि बढाउँदै अंग्रेजी कवि एवं स्वच्छन्दवादी धाराका प्रवर्तक (लिरिकल ब्लेड(सन् १७९८) वर्डस्वर्थको भनाइलाई साभार गर्छन् । वर्डस्वर्थ आफै छन्दका कवि हुन् । उनका अधिकांश कविता आयम्बिक पेन्टामिटरमा (प्रिलियुड) लेखिएका छन् । छन्दका कविता लेख्दा पनि स्वतःर्फूत आउने भाव नै पानामा उतार्ने हो । फरक यति मात्र हो कि गद्य कविता लेख्नेहरुलाई गद्यकै पाराले भित्रबाट गुन्गुनिँदै आउँछ र पद्य कविता लेख्नेलाई कुन छन्दमा गुनगुनाउने हो त्यही छन्दमा आफै मिलेर लयदार ढङ्गले छन्दोवद्ध रुपमै आउँछ । कविता लेख्दा (छन्दका) गण मिलाउँदा भावमा ठेसपर्ने भन्ने कुरा कल्पित र निराधार नै हो । के प्राचीन संस्कृत वाङ्मयका सबै रचना गण मिलाउँदै लेखेका हुन् छ ( के पाश्चात्य साहित्यका शास्त्रीय सिर्जना एवंरीतले सिर्जना भएका हुन् त ( मुनामदनबाट छन्दलाई निकालिदिने हो भने के हुन्छ ( गीतबाट छन्दलाई हटाइदिने हो भने हुन्छ ( एउटा कुरा के सत्य हो भने गण मिलाउँदैमा
कविता भने बन्दैन । गण आफै मिले मात्र कविता बन्छ । तार्त्पर्य कविता बन्ने कि बनाउने भन्ने हो । भनेर सुसेली हाल्नु र सौन्दर्याभिभूत भई आफै सुसेलिनु किञ्चित् पृथक् त छ नै ।
छन्द कविताको समकालीन अवस्था: वि. स.१८३९ तिर लेखिएको मानिने शक्तिबल्लभ अर्यालको तनहुँ भकुन्डो शीर्षक कवितालाई प्रथम नेपाली छन्दकविता मानिएको छ ।‘नेपाली कविताका प्रथम कविता सुवानन्द दासदेखि(शक्तिवल्लभ अर्ज्याल, उदयानन्द अर्ज्याल, यदुनाथ पोखर्यााल हुँदै श्रीकृष्ण पण्डितका नाती भानुभक्तसम्म आइपुग्दा छन्दले नेपाली जनजिहृवामा आफ्नो बास बनाइसकेको पाइन्छ । भक्तिकालमा आएर भानुभक्तले रामायणमा ११ वटा छन्दको प्रयोग गरेका छन् । छन्दलाई भानुभक्तपछि उठाउने काम मोतीराम भट्टबाट भएको हो । मोतीराम भट्टका अतिरिक्त शम्भुप्रसाद ढुङ्गेल, शिखरनाथ सुवेदी, दधिराम मरासिनी, चक्रपाणि चालिसे, लक्ष्मीदत्त पन्त, कुलचन्द्र गौतम आदि यस कालका चर्चित कवि हुन् । श्लोकसङ्ग्रह (१९५६) कविता कल्पद्रुम (१९६०), सङ्गीतचन्द्रोदय, सूक्तिसिन्धु (१९७४) माध्यमिक कालका उल्लेखनीय कवितासङ्ग्रह हुन् । छन्दलाई त्यसपछि उठाउने कवि लेखनाथ पौड्याल नै हुन् । लेखनाथ पौड्यालले पद्यकवितामार्फ नेपाली कवितालाई आधुनिकताको स्वरूप प्रदान गरेका हुन् । वि.स. १९७५ देखि १९९० सम्म शास्त्रीयतावादी धाराअर्न्तर्गत छन्द कविता मात्र रचिएको पाइन्छ । विराट् प्रतिभाका धनी महाकवि लक्ष्मीप्रसाद देवकोटाले विविध छन्दको प्रयोग गरेर पद्य कवितालाई अझ बढी लोकप्रियता प्रदान गरेका हुन् । देवकोटाको शाकुन्तल महाकाव्यमा ३८ वटा छन्दको प्रयोग गरिएको छ । देवकोटेली युगमा पनि छन्दले आफूलाई बलियो पारेको देखिन्छ । देवकोटेली युगकै सशक्त छन्द कवि माधव घिमिरेले आफ्नो ९७ नब्बे वर्षो उमेरमा पनि छन्दमै महाकाव्य सक्नै आँटेको कुरा गर्छन् तर देवकोटेली युगतिरै नेपाली साहित्यले अर्को नयाँ शैलीको जन्म दियो, जसका जन्मादाता रिमाल हुन्, जसबाट गद्य कविताको आविर्भाव भयो । त्यसपछि पनि छन्दको बैसाखी टेकेर थुप्रै छन्दप्रेमीहरूले साहित्यमा डुबुल्की मारेको इतिहास छ । यतिखेर छन्दको नाउमा काव्यरूपी सागमा विहार गर्ने छन्दानुयायीको संख्या भने पातलिँदै गइरहेको आभास हुन्छ । वास्तवमा छन्द पातलिनु भनेको प्रचीन वाङ्मय ओझेलमा पर्नु हो । प्राचीन वाङ्गमय ओझेलमा पर्नु भनेको हाम्रो आर्यसभ्यता धराशायी हुनु हो । तर्सथ छन्द नै जीवन हो र छन्द नै आर्यसभ्यताको तीर्थ स्थल हो ।
निष्कर्षः
कुनै पनि सभ्यतालाई जीवन्त राख्न उक्त सभ्यताको वाङ्मय हुन टड्कारो छ । हामी आर्य सभ्यताका वीजहरू हौं । आर्य सभ्यताको उद्गम स्थल वैदिक युग नै हो । वेदाध्ययनबिना आर्यसभ्यताको रक्षा निष्फल हुन सक्छ । विश्व सभ्यतामा एक सनातन सभ्यता आर्य सभ्यताको अङ्कुर प्राचीन साहित्य हो र यसको सूक्ष्म अध्ययनहेतु छन्दज्ञान अपरिहार्य छ ।
छन्द विशेषतः काव्यको प्राण कवच हो । छन्द आजभोलि काव्य प्रयोजनमा पातलिँदै गएको अनुभूति हुन्छ । छन्दको प्रयोग घट्नु वा कवितामा छान्दिक चेतना क्षीण भई छन्दमुक्त कविता सिर्जदा शनैःशनैः प्राच्य वाङमयप्रतिको मोह पनि घट्दै जान्छ । प्राच्य साहित्यलाई अभिराम तुल्याउने माध्यम नै छान्दिक कविताको सिर्जना हो । तर आजभोलि छन्दका सिर्जनाहरू हराइउन थाल्दा पूर्वीय सभ्यता नै धरासायी हुने हो कि भन्ने गम्भीर चुनौती छ । प्रा.डा. हिरण्यलाल ज्ञवाली नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँ र छन्दवादी समाज नेपालको संयुक्त आयोजना तथा तिलोत्तमा युवा क्लब रूपन्देहीको सह आयोजनामा मिति २०७३ पुस८ र ९ गते आयोजित द्विदिवसीय राष्ट्रिय छन्द महोत्सवका अवसरमा (पुस ९ गते) प्रस्तुत कार्यपत्रका अनुसार ूसमकालीन छन्दोबद्ध कविता लेखनमा योगदान पुग्ने खालका थुप्रै कामहरू भएका छन् र अभियानहरू सञ्चालन गरिएका छन् । वैजयन्तीले र पल्लव साहित्य,चितवनले पटकपटक छन्दकविता विशेष अङ्क प्रकाशित गरेकोछ । त्यस्तै १०१ छन्दका कविता, छन्दमा रापती, छन्दमा नुन, मोती छन्दकला, मोती जयन्तीका अवस्थामा आयोजना हुने समस्यापर्ूर्ति, छन्द बचाऊँ अभियान, छन्द जागरण अभियान, छन्दवादी समाज नेपाल र त्यसका गतिविधिहरू, छन्ददिवसको घोषणा, छन्दविषयक गोष्ठी, सभासम्मेलन, राष्ट्रगान प्रतियोगिता, छन्दोबद्ध कविता सङ्ग्रहहरूको प्रकाशन, छन्दोबद्ध कविता (फुटकर, खण्डकाव्य र महाकाव्य) पुरस्कृत हुनु, विज्ञापनमा छन्दको प्रयोग गरिनु, छन्दकविको आकर्ष मञ्चीय प्रस्तुतिले गर्दा दर्शक श्रोता आकषिर्त हुनु तथा तालीको गडगडाहट पाउनु र उनीहरूको मन जित्नु, छन्दकविताका श्रव्यदृश्य सामग्री तयार हुनु, छन्दप्रशिक्षणका लागि छन्दशिविर सञ्चालन हुनु, स्वदेश र विदेशका सञ्चार माध्यमबाट छन्दकविता प्रसारण हुनु, अनलाइन कविता प्रस्तुत हुनु, गद्यमा लेख्नेहरू पनि छन्दकवितातर्फ आकषिर्त हुनु, विभिन्न रस, अलङ्कार र भावयुक्त कविताको उदाहरण दिनुपर्दा छन्दोबद्ध कविता नै प्रस्तुत गर्नुजस्ता विविध काम तथा अभियानबाट छन्द कविताको भविष्य उज्यालो छ यसलाई कसैले विस्थापित गर्न सक्दैन भन्ने कुरा स्पष्ट हुन्छ । वास्तवमा छन्दकविताको एउटा सुदीघ परम्परा छ । यो वर्षाको खहरे होइन, यो त सदावहार हो । छन्दलाई कसैले हल्लाउन सक्दैन, यसलाई डगाउन सक्दैन यो आफ्नो गतिमा सदैव प्रवाहित भइरहन्छ । यही नै छन्दको धर्म हो ।”

सन्दर्भग्रन्थ सूचीः
अधिकारी, हेमाङ्गराज, बद्री विशाल भट्टराई (२०६१), प्रयोगात्मक नेपाली शब्दकोश, (प्र.सं.), काठमाडौः विद्यार्थी पुस्तक भण्डार ।
आचार्य, शिवराज (२०२८), वृत्तनक्षेत्रमाला, काठमाडौः गौरीशनन्दन आचार्य ।
उपाध्याय, मुकुन्दशरण (सन् २००९), पद्य प्रभा, काठमाडौः पारू अफसेट प्रेस ।
गंगादास (सन् २००४), छन्दोमञ्जरी, वाराणसीः चौखम्बा सुरभारती प्रकाशन ।
ज्ञवाली, हिरण्यलाल (२०७३), नेपाली छन्द कविताका प्रवृत्ति, रूपन्देहीः नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौं र छन्दवादी समाज नेपालको आयोजनामा आयोजित राष्ट्रिय छन्द महोत्सव २०७३ मा प्रस्तुत कार्यपत्र ।
ज्ञवाली, दीपक (सम्पा. २०७२), भ्रष्टाचार विरुद्ध स्रष्टा, बुटवलः पारदर्शी सोरकम समूह ।
ज्ञवाली, नारायण, मान्छे हराएको बस्ती र बस्ती हराएका मान्छेहरू, काठमाडौः प्रवीण ज्ञवाली(२०७१) ।
ज्ञवाली, रामप्रसाद (सम्पा. २०५४), साहित्यिक अभियान, (अङ्क २) काठमाडौः अभियान साहित्यक प्रतिष्ठान नेपाल ।
त्रिपाठी, वासुदेव र अन्य (सम्पा.) नेपाली कविता भाग चार, काठमाडौः साझा प्रकाशन ।
……, तेस्रो आँखाको समालोचना, काठमाडौः शब्दार्थ प्रकाशन, २०६७ ।
……, शब्दार्थ सौन्दर्य, काठमाडौं ऐरावती प्रकाशन, २०६८ ।
ढुङ्गाना, गोविन्दप्रसाद (२०५०), छन्दोहार, (पा.स.) काठमाडौः साझा प्रकाशन नेपाल ।
ढुङ्गाना, (शर्मा) शम्भुप्रसाद (सन् २००२), छन्दोहार, काठमाडौं साझा प्रकाशन ।
द्विवेदी, कपिलदेव र श्यामलाल सिंह (सन् २००८), पिंगलकृत छन्दः सूत्रम्, वाराणसी ः विश्वविद्यालय प्रकाशन ।
नेपाल, देवी (२०७२), छन्दपराग, काठमाडौः ऐरावती प्रकाशन प्रा.लि. ।
न्यौपाने, घनश्याम ‘परिश्रमी’ (२०६४), गजल सौन्दर्य मीमांसा, रूपन्देहीः सनसाइन उच्च मा.वि. ।
न्यौपाने, चन्द्रप्रसाद (२०६७), छन्दकुञ्ज काठमाडौं, काठमाडौः पुस्तक घर पाठ
पाण्डे, हुमाकान्त (२०७३), कवितामा लयको भूमिका, बुटवल आश्रति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रस्तुत कार्यपत्र ।
पौडेल, कविराज, शंकर पाण्डे र चन्द्रकान्त डुम्रे (२०७२), छन्द विज्ञान छन्द शास्त्र, रूपन्देहीः छन्दवादी समाज नेपालद्वारा आयोजित छन्द महोत्सवमा प्रस्तुत ।
भट्ट, केदार (२०५२), वृत्तरत्नाकर (नवम सं.), वाराणसीः चौखम्बा संस्कृत संस्थान ।
लामिछाने, ऋषिप्रसाद ‘गोर्खे साइँलो’ (२०६२), पल्लव छन्द विशेषाङ्क, चितवन पल्लव साहित्य प्रतिष्ठान,
गोर्खे साइँलो, आत्माला, चितवन पल्लव साहित्य प्रतिष्ठान, २०६९ ।
गोर्खे साइँलो, गजल दर्शन, चितवन पल्लव साहित्य प्रतिष्ठान, २०६९ ।

वियोगी, माधव (२०५३), छन्दबचाउ अभियान, पोखरा साहित्य संगम ।
विनोदी, गोविन्दराज (२०५९), छन्दविनोद, चितवनः चितवन साहित्य परिषद ।
विनोदी, गोविन्दराज, हिमस्पर्श, चितवन पल्लव साहित्य प्रतिष्ठान, २०७२ ।
शर्मा, ठाकुर र अन्य (सम्पा. २०६७), वैजयन्ती (अङ्क ८), काठमाडौं शब्दार्थ प्रकाशन ।
……..(सम्पा. २०६९), वैजयन्ती (अङ्क २३), काठमाडौं शब्दार्थ प्रकाशन ।
……. (सम्पा. २०७०), वैजयन्ती (अङ्क ३०), काठमाडौं शब्दार्थ प्रकाशन ।
सिग्देल, फणिन्द्रनारायण (२०६५), नेपाली रचना कारिका, श्रीमती बिन्दु सिग्देल ।
नोटः राष्ट्रिय छन्द दिवस २०७४ को अवसरमा वैशाख ८ गते प्रस्तुत कार्यपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.