शारदा ओली शिवाकोटीका एकजोर गजलः

Spread the love
Sharada, Oli, Shiwakoti, शारदा ओली शिवाकोटी, pallawa, पल्लव

शारदा ओली शिवाकोटी

गजल– १,
धन्यवाद छ लामो यात्रामा साथ थियौ दिलले
बाटामा सुखदु:खका रस जे पायौ पियौ दिलले

पटक पटक लुगा,मन,मुटु नाता झुत्रा झुत्रा भै
फाटदापनि हरेकपटक सबै तिम्ले सियौ दिलले

पिउँदिन तितो टर्रो मात्र अब मिठो पनि चाहिन्छ
सुक्रिया,आजसम्म तिम्ले पनि साथ दियौ दिलले

 

सतर्क हुन्थ्यौ दु:ख नपरोस भनी,बोक्थ्यौ आफै
गरौं भारी बोक्यौ आफै कष्ट हरी लियौ दिलले

फुलैफुल मात्र हैन जीवन, काँडाबिच फुल्छ यो
ओरीपरी काँडाघारी भएनी जीवन जियौ दिलले

मन,मुटु,बदन,जवानी,समय,सीप सबै सुम्पियौ
अरुकै लागि खट्यौ,अरूकै लागि खियौ दिलले

ग़ज़ल– २,
प्रियतमाको त्यो अंगालो मै मेरो मृत्यु दान होस
मृत्यु पछि फेरि संसारमा हाम्रो प्रेम ज-वान होस ।

उपमा दिनुपरे दिउन प्रेमको नयाँ पिंढीलाई हाम्रो
प्रेमपथ सबको यही बनोस यही नै म-हान होस ।

लैला मज्नु,हीरराँझा,जुलियस सिजरको पंतीमा
हाम्रो पनि सिट अनि उनिहरू सरह नै शान होस ।

विश्वास त्याग समर्पण भरोसा र सहकार्य आदि
कालागि खन्ने हाम्रो कथा प्रेमगुणको खान होस ।

हाम्रै प्रेमकथाको विश्वमा नै चर्चा धेरै चुलियोस
विश्वका प्रेम जोडी आउन अनि देशकै मान होस ।

प्रेमीहरूको देश भनी नाम नै फैलियोस संसारमा
हाम्रै कारणले पर्यटक बढुन,देशनै धन-वान होस ।।

– शारदा ओली शिवाकोटी
हेटौडा, मकवानपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *