मैया सुवेदीका केही मुक्तकहरूः

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव.

मैया सुवेदी

कसैसँग विश्वास घट्न थाले पछि के हुन्छ कुन्नी ?
यो कोमल हृदय लुट्न थाले पछि के हुन्छ कुन्नी ?
कैलेकाहीँ त उड्छ मडारिँदै दिल आकाशमा प्रिय
निर्दोष नैनमा मूल फुट्न थाले पछि के हुन्छ कुन्नी ?

फुल छोडेर काँडा रोजेका छौ र कहिल्यै ?
पीडा आफैँ भित्र खोजेका छौ र कहिल्यै ?
शीतका मोती हेरी रमाउने बानी तिम्रो
कतै आफ्नै भविश्य सोचेका छौ र कहिल्यै ?

 

निर्दोषमा खोट हाल्ने बानी पर्‍या रै’छ
झुटोमात्र बोली ढाट्ने बानी पर्‍या रै’छ ।
मैले केस्को भर परी विश्वास गर्ने हो ?
मित्रतामा भाला रोप्न बानी पर्‍या रै’छ ।।.

आफ्नै भन्दै रुवाउँने तिमी मेरो हौ कसरी ?
अन्तै माया लगाउने तिमी मेरो हौ कसरी ?
नारी अस्मिता बेच्ने नरपिचास तिमी रहेछौ
मेरो दर्दमा रमाउने तिमी मेरो हौ कसरी ?

पोखरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.