गजल

Spread the love
Chhiring, Sherpa, Solu, छिरिङ शेर्पा अविरल , pallawa, पल्लव

छिरिङ शेर्पा अविरल

आँसु भित्र सधै रुझेको छु तिम्रै खुशीको लागी ।
हरेक त्यो ईशारा बुझेको छु तिम्रै खुशीको लागी ।

चन्चल चन्चल यो मन सधै तिम्रै नै रहर खोज्छ ।
त्यही रहर मनमा साचेको छु तिम्रै खुशीको लागी ।

हरपल हरपल किन यो मन तिम्रै नै शहर खोज्छ ।
सपना सझाएर बाचेको छु तिम्रै नै खुशीको लागी ।

 

तिम्रै याद भित्र रमाउछ मन किन किन एकान्तमा ।
हरेक याद मिठो बनाई बसेको छु तिम्रै खुशीको लागी ।

तिम्रै साथ भित्र रमाउछ मन किन किन एकान्तमा ।
पसिनाको पधेरीमा हासेको छु म तिम्रै खुशीको लागी ।।

छिरिङ शेर्पा अविरल
सोलुखुम्बु

Leave a Reply

Your email address will not be published. Required fields are marked *