मोहनी लाली अधर जोखिम धेरै हुन्छ ।
चुडिन्छन् पैल्यै सुन्दर जोखिम धेरै हुन्छ।
नफूल बिन्ति वासना छरेर मग मग
लाग्दछन् प्यासी नजर जोखिम धेरै हुन्छ।
देखिए पनि रंगीन प्रितीको फुलवारी,
नगर प्रिय सफर जोखिम धेरै हुन्छ।
निर्मल तिमी कन्चन छौ मोती पखेरी मै,
नखोज छिर्न शहर जोखिम धेरै हुन्छ ।
बैसले सार्है कुत्कुती लगाई मन भरी,
हतार रम्ने तर्खर जोखिम धेरै हुन्छ ।
छ दिल मेरो कोमल बुझिनौ भने प्यारी,
साथमै सिसा पत्थर जोखिम धेरै हुन्छ ।
(आफ्नै लय)
