लक्ष्मीत्त भट्टका एकजोर गजल

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी

बहरबद्ध गजल– १,
गुलावी छ देख्दा फुलेको जवानी
बगैचा छिरेको छ हाम्रो कहानी ।

म जादै छु टाढा न खोजे तिमीले
न सोचे पराई न सम्झे बिरानी ।

रुवाएर आ’को थिएँ साँझ बेला
अनौठो म देख्थेँ दुखेको परानी ।

 

म एक्लो छु आफैँ सधैँ याद तिम्रो
लिएको छु आशा सुनौलो बिहानी ।

सधैँ साथ पाए खुशी जिन्दगानी
अझै सम्झनाकै दिएथ्यौ निसानी ।।

छन्दः भुजङ्गप्रयात, बहरे मुतकारिब मुसम्मन् सालिम
सूत्रः फऊलुन्, ISS × ४

बहरबद्ध गजल– २,
छ आत्म र प्रेम खुले छ जहान
असत्य बिचार भुलेछ जहान

नया छ निकास नयाँ छ मुकाम
सधै दिन रात डुले छ जहान

शुखै शुखको घर दिवार खोज्न
रिनै रिनमा चुले छ जहान

घमण्ड गरेर समाज छुटाई
छ मात महान घुलेछ जहान

कुलै रितमा पनि आज पराई
छ साथ भनेर हुलेछ जहान

छन्दः मौक्तिकदामः बहरे मुतकारिव मुसम्मन मख्बून
गण जगण × ४
सूत्रः फऊलु, ISI ४

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.