सङ्कीर्ण जेल-जस्तै बन्दै छ लोकतन्त्र
कोर्रा र नेल-जस्तै बन्दै छ लोकतन्त्र ।।
हेर्दा सुरम्य बोक्रा ! गुदी निकाल्न गाह्रो
कौवा र बेल-जस्तै बन्दै छ लोकौतन्त्र ।।
चर्की अनेकतामा फुट्दै छ राजधानी
आगो र तेल-जस्तै बन्दै छ लोकतन्त्र !!
जित्दै छ मात्र मान्छे ! हार्दै छ देश बाजी
अष्पष्ट खेल-जस्तै बन्दै छ लोकतन्त्र ।।
हल्लिन्छ मात्र टुप्पो ! हाँगा-जराविना नै
के के अमेल-जस्तै बन्दै छ लोकतन्त्र !!
आफ्नो सिकारबाटै टाढा लखेटिएको
रोगी बँदेल-जस्तै बन्दै छ लोकतन्त्र !!
छन्द दिक्पाल, बहरे मुजारे मुसम्मन् अखरब
मफ्ऊलु+फाइलातुन्, SSI+SISS x २,
