शंकर ढकालका केही मुक्तकहरू

Sankar, Dhakal, Palpa, शंकर ढकाल, pallawa, पल्लव

शंकर ढकाल

सदा लाेकापवाद् काम नगरी सत्य काम गर्नु कहिल्यै हुदैन लव,
यसै बाट व्यक्ति,परिवार समाज र देशकाे बुझ्न सकिन्छ वास्तव,
भाषा,धर्म,जात विरुद्ध भेदभाव अन्त्य गरि भष्टाचार राेके,
दरिद्र दीन दुखी धनाढ्य मनुजहरू पनि एउटै फूल झैँ हुन्छन् अब ।

सिस्नाे ढिँडाे गुन्द्रुक अाँटाे खाई गुजारा गरेर
झण्डाका रवि चन्द्र झैँ चहकिने उद्देश्य राखेर,
अाफ्नै जन्मभूमिमा बाँझाे बारी खनेर बसिरहे
दिगाे काम विकास गरी देश सिगार्न माैरी झैँ जुटेर ।

 

झर्ना खाेला नदी तालले झैँ झङ्कृति दिने रहर लागेकाे छ
भित्री मनले नैँ यस्ताे गर्न कसरी सक्ने जवाफ मागेकाे छ
रातदिन हात चालेर हातमा ठेउला समेत निकाली रहे
तर पनि अझै राखेकाे रहरले झन् रातदिन सताएकाे छ ।

गगनका सविता चन्द्र तारा जसै चम्किन सकिन्छ र
बाबू अामा बिना कुनै नर अाफ्नाे खुट्टामा उभिन्छ र
यस्तै प्रश्न मनमा बारम्बार अाई सताई रहेकाे छ
उडिरहेकाे अाकाशचारी चरालाई कसरी छाेपिन्छ र ।

अग्ला पर्वत,माटाे वनजङ्गल पशुपन्छी हाम्रा हाे काञ्चन
झरना नदी लाखाैँ थरी फूलले सुम्पिन्छन् निश्चल मन
अचम्म छ हात खुट्टा नभएका प्रकृतिले देश सिगार्ने गर्दा
वर पीपल सरी लाखाैँ रूखबाट चल्छन् स्वच्छ नित्य पवन ।।

शंकर ढकाल
तानसेन ११, काजिपाैवा,पाल्पा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.