महिला पत्रकारीताको जीवन

Dipa Dhital, Deshkremee, दिपा धिताल ‘देशप्रेमी’, pallawa, पल्लव

दिपा धिताल ‘देशप्रेमी

पुरा दिन तनावको भारी बोकेर घर कर्फिन्छु । भित्री मनमा जस्तो सुकै पिडाले घोचे पनी वाहिर हाँस्नुपर्छ मैले नत्र बाटोमा भेट हुने आफन्त साथिहरुले अनेक प्रश्नहरु बर्षाउछन् त्यस वेला प्रश्नको जबाफ दिन निकै कन्जुस लाग्छ मलाइ र चियाको चियापत्ती जस्तो फिक्का हाँसो हाँसीदिन्छु । जागीर खाना सजिलो छैन आफुले नगरेका अनेक गल्तीहरु पनी टाउको माथि थुपारेर चुपचाप हिड्नुपर्छ । उनीहरु संग बाजिएर हिड्न मनले दिदैन मनले भन्छ सहेर बस्नुपर्छ हिम्मत जुट्छ । सहि र गलत छुट्याउन मैले नी जानेको छु तर आफुभन्दा अगाडी संग बाजिन पनी मनले पटक्कै मान्दैन भन्छ सम्मान गरेर हिड् सत्यको जित हुन्छ जतीसुकै ठुलो सानो भएपनी ।

 


पत्रकारीताको जागीर विहान छैन दिउसो छैन साँझ छैन ,भोक कहाँ छ, निन्द्रा कहाँ छ थाँहा छैन । घरमा मुलढोका प्रवेश गर्नुभन्दा पहिले बाआमाका कुराहरु टन्न सुन्न पाइन्छ र अघाइन्छ त्यसमै खानै पर्दैन कहाँ जान्छेस ? के जागीर खान्छेस त्यस्तो ? कती कमाउछेस कहिल्यै एक दिन घर बस्नु छैन । सरकारी जागीर त विहान १० बजे हिड्छन् साँझ पाँच बजे फर्कन्छन् विदा पनी हुन्छ तर खै तेरो के हो यस्तो जागीर ? सरकारी भन्दा त तलब बढी हुन्छ होला नी हैन ? म भने उहाँहरुको प्रश्नको जबाफ दिन सधै असमर्थ हुन्छु । म घरबाट हिडेको समय,कहिले काँहि भोकै बसेको दिन,अनिदो बसेको रात सबै एकै पटक मनमा सल्बलाउछन् जोख्छु तराजुमा एक एक गरेर साला यसको मुल्य ५० प्रतिशत पनी आउदैन । के जागीर खानु अझ भुइको धुलो चाटेर सोफामा बसेर चौरासी ब्यन्जन खाएको हस्ताक्षर पनी गर्नुपर्छ कहिले काँहि, थुक्क जिन्दगी । मन शान्त पार्नलाई आफ्नो जिन्दगीलाई आफैले थुक्छु एक पटक ।

आमा भुँइमा पल्टिएर निन्द्रा देविलाई पुकारी रहेकि छन् । म खाटमा पल्टिएर गणित र विज्ञानका सुत्रहरु घोकिरहन्छु । सोच्छु जिन्दगी गणित विज्ञानका सुत्रहरु भन्दा निकै जटिल छ घोक्दै हिड्न पनी नमिल्ने एउटा सुत्र घोक्यो फेरी अर्को सुत्र नजिकै उभिदिन्छ मिनेट मिनेटमा । आमा भन्छिन नानी यो जागिरले हुदैन नामले मात्र जिन्दगी चल्दैन ,खाना दिदैन भोलीलाई पनी साँच्नु पर्छ । सरकारी जागीर खानेतिर लाग अब, अरु केहि गर । टेबुल माथि राखेका र हेर्दै गरेका किताबहरु हेर्छु जिन्दगी भन्दा निकै ठुला छन् । फेरी यि त सिमित घेराभित्र मात्र बाँधिएका छन् । मलाई त सिङगो संसार देख्नु छ र सिङगो देश पढ्नु छ ।
म सिमित घेरा भित्र मात्र घेरीएका किताबहरु पढेर कहिल्यै अघाउदैन । धेरै बर्ष भए पाठशालाका अक्षरहरु घोक्दै हिड्न थालेको बाहिरी संसरामा कहिल्यै देख्न पाइन,कसैलाइ चिन्न पाइन त्यहि पाठशालाका अक्षलहरु संग मात्र चिरपरिचित भए उनीहरुसंगै मितेरी गाँसेर हिडे मनले मानेन अत्तालिए,छटपटीए कती ठाँऊ बजारीए बाहिरी संसार देख्न मन लाग्यो आफु जस्तै साथिहरु संग आत्मिएता गास्न मन लाग्यो अनी हिडे बाहिरी संसारको यात्रामा । छोरी मान्छे घरबाट हिड्न निकै गारो साहस जुटाएर हिड्न पर्ने यो गाऊँघर आफन्त यो समाजको अगाडी अली बाँधिएर हिड्न पर्ने , बाटोमा हिड्ने र भेटीने बटुवाहरु संग जोगीएर हिड्नुपर्ने । यो समाज यस्तै छ जती स्वतन्त्रतामा हिड्न खोजेपनी जती नारी अधिकारहरु आए पनी नाराहरुमा सविधानका धाराहरुमा झुन्डिए पनी महिला, छोरीहरु प्रती सोच्ने व्यवहार र मानसिकता अझै बदलीएको छैन । समाजको अगाडी आडम्बर लिएर हिड्न पनी सकिदैन ,यो समाज भन्दा बाहिर रहेर एक्लै बाँच्न पनी सकिदैन । समाज पनी हामीले पढ्ने एउटा पाठशाला हो । राम्रो संग पढेर त्यहि समाजलाई परिवर्तन गराउने हामीे नै हो किन भाग्ने हामी यहि समाजबाट । आमाले भन्नुहुन्छ नानी साँझ समयमा घर फर्कनु ,बाबाले भन्नुहुन्छ अली बाँधिएर हिड्नु ,दाजुभाइ दिदि भाउजुहरुले भन्नुहुन्छ साहस आँट जुटाएर हिड्नु । आफ्नो हिड्ने निश्चित समय छैन कहिले साँझ अबेर पर्कनुपर्छ ,कहिले बिहानै भालेको डाको संगै हिड्नुपर्छ । अझ महिलाहरुलाई पत्रकारीत गर्न निकै जटिल छ सबै कुराहरुको सामना गरेर हिड्नुपर्छ ।
चमेली पत्रकारीताको क्षेत्रमा लोगेको धेरै भयो उसले समाज परिवर्तनका लागी आफ्नो ज्यान दिन समेत पछी पर्दैन अन्याय अत्याचार सहेर बसेका हिंसामा पिल्सिएका कती दिदिबहिनीहरुलाई न्याय दिलाई त्यसैमाथि बुहारी मान्छे घरमा अबेर गए गाली खानुपर्छ घरको सबै काम सकेर मात्र हिड्नु पर्छ । समाजको अनेक कुराहरुको लाल्छना झेल्नुपर्छ सहनुपर्छ सुने पनी नसुने झै गरेर हिड्नुपर्छ । घरमा सधै तलब र पैसाको कुरा उठाउँछन् बिचरी चमेली समाजको लागी उसले पैसा ठुलो कुरा ठान्दिन आफु भोकै हिडेर भएपनी अरुलाई अघाउछे आफुले बगाएको उचित पसिनाको मुल्य दिदैन मिडीयाले । मरिमेटी काम गर्छे मिडीयाले पुरुष र महिलालाई दिने उचीत पारिश्रमिक पनी फरक छ तर काम एकै गर्नुपर्छ । राम्रो पत्रकारीत गर्ने संघर्षशिल लगनशिल बाटुली पत्रकारीताकै क्षेत्रमा काम गर्ने रहर हुदा हुदै पनी मिडीयाले उचित पारिश्रमिक नदिएकै कारण र घरपरिवारको दवावकै कारण पत्रकारीता छोडिदिई ऊ अहिले शिक्षिका भएकि छ तर ऊ त्यो क्षेत्रमा रमाउन सकेकि छैन उसलाई पत्रकारीताकै क्षेत्रमा लागेर समाज परिवर्तन गर्नुथियो तर सकिन । बाटुली मात्र होइन धेरै महिला दिदिबहिनीहरुले पत्रकारीताको क्षेत्रलाई यसैगरी छोडीदिएका छन् । यसप्रती कसैको चासो देखिदैन कुरा भाषणमा मात्र सिमित हुन्छ तर व्यवहारमा लागु हुदैन अनी कसरी टिक्न सक्छन् महिला दिदिबहिनीहरु पत्रकारीताको क्षेत्रमा काम समान छ तर पारिश्रमिक छुट्याइन्छ अझै पनी महिला र पुरुषमा यो समस्या अधिकाँस मिडीयाहरुमा काम गर्ने महिला दिदिबहिनीहरुले झेल्नुपरेको छ ।
मनमा यस्तै कुराहरु सोच्दै केलाउदै केहि कुराहरु कापीमा केर्दै बसेकि हुन्छु रातको बार बजिसक्यो निन्दा पटक्कै लाग्दैन । आमालाई फेरी निन्द्रा देविले छोडीदिएकि हुन्छीन र भन्छिन नानी अझै निदाएकि छैनस ? म केहि बोल्दैन मनमनै भन्छु आमा निदाउन त कहिल्यै नब्युझीने गरी निदाउन मन लाग्छ कहिले काँहि तर मलाई यो समाजबाट हारेर हिड्न मन छैन आफुलाइ हैन जिताउनु छ एकदिन जसरी भएपनी यो समाजलाई , अनी यो समाजमा अझै पनी अन्याय अत्याचार सहेर बसेका महिलाहरुलाई । बिचरा कती अरुलाई न्याय दिलाउदै हिड्छन् आफु अन्यायमा परेका छन् आखिर किन ? के स्वतन्त्र भएर हिड्न पाउने बाटो छैन हाम्रो ? हिड्ने बाटो एउटै हो ,बस्ने घर एउटै हो,देश एउटै हो ,परिवेश एउटै हो तर पनी महिला माथि सोच्ने मानसिकता किन फरक छ ?किन बदलिन सकेको छैन ?हाम्रो समाजमा यो कुरा अब सबैले सोच्ने बेला आएको छ । महिला र पुरुषले समान काम गर्ने तर पारिश्रमिकमा फरक छुट्याउने यो कुरा सम्बन्धित निकाएले बुझोस महिलाहरुले पत्रकारीता क्षेत्रमा टिकेर काम गर्न सक्ने अबस्था सिर्जना होस । अरुको न्यायको लागी लड्ने आफु अन्यायमा बल्झिने यो दिन नआओस ।
सोच्दा सोच्दै कल्पना सपना अनी जिवनको आधा बाटो पुगीसकेको रहेछु । दिनमा समय संग संघर्ष गरेर हिडेपनी रातमा त सम्झेउता गर्नै पर्छ । त्यतीकैमा कापि किताबहरु टेबुलमाथि पन्छ्याउदै निन्द्रा देविलाई पुकार्दै सपनाको संसारमा हिडे…..।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.