गजल

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

मेरा यी खुला नयनले तिम्रै बाटो हेरी रहेछन्
सहजताले हिड भन्दै फूल दिनै फेरी रहेछन् ।

सक्दैन कोही चुडाउँन हाम्रो मायाको बन्धन
सफल प्रेम लिला हेर्न जोरिपारी घेरी रहेछन ।

जो खोज्छ नजिक जान गिद्धे नजर लिएर हाम्रो
तिनैलाई काली नागले हात पाउ मै बेरी रहेछन ।

 

भर्खर मुना पलाउँदो छ मायामा भित्र हाम्रो
नसोच्नु है सफल भयौ वैरी अझै सेरी रहेछन् ।

लाग्दैन हात किन कुन्नी आजभोलि कनै काममा
झिमिक्कै हुन्नन् नयन सपनिहरूले केरी रहेछन् ।

मायालु तिम्रो यादमा कुन्ठिएका भवहरूलाई
मेटाउन नसकिने एक किसिमको मझेरी रहेछन् ।

One thought on “गजल


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.