अम्बिका कार्की “अमु”को एकजोर गजल

Spread the love
Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

गजल– १,
हातमा गीता लिएर प्रभु कसोरी गायौ ?
भागवत उपहार दिएर प्रभु कसोरी गायौ ?

भाषण त धर्मको नाममा धेरै सुनियो हेर
राजनिती रस पिएर प्रभु कसोरी गायौ ?

डाफे चरी गाई जनावार यो देशका गहना
गाईलाई झण्डामा सिएर प्रभु कसोरी गायौ ?

 

राजतन्त्र गुम्यो गणतन्त्रले चुम्यो देशमा
आफू भित्र नै खिएर प्रभु कसोरी गायौ ?

कतिञ्जेल रहला त्यो निभ्न लागेको दिप
पल- पल मर्दै जिएर प्रभु कसोरी गायौ ?

गजल– २,
चारैतिर कोलाहल तिम्रो यो शहर भित्र ।
छटपटिदै जिउनु पर्यो हरेक प्रहर भित्र।

अमृत सम्झी पियको झुक्कियछ क्यार
अन्जानमा डुबियछ त्यही जहर भित्र ।

अनेकौं सपनाले बुनेका ती जालहरूमा
हजारौं फसेकाछन् मनका रहर भित्र।

महलमा कसैका निद गाएब भएकाछन्
कोहि मस्त हराउँदैछन् गल्ली डहर भित्र।

घाँटी हेरि हाड निल्न्नु त्यही उचित हुन्छ
अडिग भइ कार्य गर्नु आफ्ना ठहर भित्र ।।

चारैतिर कोलाहल छ तिम्रो शहर भित्र ।
छटपटिदै जिउनु पर्यो हरेक प्रहर भित्र।

अमृत सम्झी पियको झुक्कियछ क्यार
अन्जानमा डुबियछ त्यही जहर भित्र ।

अनेकौं सपनाले बुनेका ती जालहरूमा
हजारौं फसेकाछन् मनका रहर भित्र।

महलमा कसैका निद गाएब भएकाछन्
कोहि मस्त हराउँदैछन् गल्ली डहर भित्र।

घाँटी हेरि हाड निल्न्नु त्यही उचित हुन्छ
अडिग भइ कार्य गर्नु आफ्ना ठहर भित्र ।।

अम्बिका कार्की “अमु”
सर्लाही, राजघाट, हालः भरतपुर, चितवन,

Leave a Reply

Your email address will not be published. Required fields are marked *