गजल

gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिंह

कालो कामबाट धेरै कमाएको देख्छु ।
टेबुलको मुनि पैसा थमाएको देख्छु ।।

समयमा कामकाज पुरा गर्ने भन्दा
सुति,लुकि कमाउने रमाएको देख्छु ।।

प्रमाणपत्र बन्यो किन खोस्टो कागजको ।
ल्याप्चेवाला कापीकलम समाएको देख्छु ।।

 

खै किन हो?आजभोलि स्वामी भन्दा सत्य ।
नोकरले साह्रै धाक जमाएको देख्छु ।।

साधु पर्छन् जेल तर चोर उम्केकै छन् ।
सबै दोष बिरोधि नै ठमाएको देख्छु ।।

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *