गौरी तमुका केही मुक्तकहरूः

Spread the love
Gauri,, Tamu, गौरी तमु, pallawa, पल्लव

गौरी तमु

केही होइन तिम्रो कुर्सी इमान गिरे पछि
मान्छे भित्र मान्छे हुन्न बेइमान छिरे पछि ।
पाप, धर्म सबै भुल्दै जति कुम्ल्याउ तिमी
यो संसार पनि तिम्रो हुन्न तिमी मरे पछि ।।

नारीवादी बहसहरु,चलेकाछन् अहिले
नारीले नै नारीलाई सम्मान गरौं पहिले ?
खुट्टा तान्ने, कुरा काट्ने बानी हट्नुपर्छ
अब पनि ढिला गरे, अघि बढ्ने कहिले ?

 

समयभन्दा माथि को छ यहाँ ?
छायाँ जस्तो साथी को छ यहाँ ?
घुमी हेर तिमी यो ब्रह्माण्ड सारा
आमाजस्तो जाति को छ यहाँ ?

किन जोड्नु साइनो पछि बदर गर्छौं भने
यो मन दिन्छु, मुटु दिन्छु सदर गर्छौं भने
नपाउँदा कस्तो अनि,पाएपछि सस्तो नहोस्
सुम्पिदिन्छु यो जिन्दगी कदर गर्छौं भने ।।

बाहिर हेर्दा सबै उस्तै मनभित्र पस्न गाह्रो
गर्छन् र त जालझेल विश्वासमा बस्न गाह्रो ।
पराई होइन आफ्नैबाट घातहरु हुँदै गर्दा
निर्धक्कले सबैसँग बलियो साइनो कस्न गाह्रो ।।

गौरी तमु,
पोखरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *