बहरबद्ध गजल

Ram, Chandra, Ghimire, रारामचन्द्र घिमिरे, pallawa, पल्लव

रामचन्द्र घिमिरे

फटाहा मलाई त नामी बनायौ
छु केही नजान्ने लु दामी बनायौ

टिलिक्कै छु बोक्रो,भएको छु खोक्रो
अँधेरो चिनेछौ र छामी बनायौ

छु औजार चिन्ने,चलेकै छ नाउँ
लुकेको छ आरन्, र डामी बनायौ

 

तिमी खोइ कस्तो नचिन्ने मलाई
धुलो टक्टक्याएँ र धामी बनायौ

गिराएर आँखा,कतै हिन्नु छैन
म सोझो मलाई हरामी बनायौ

थियो राम कस्तो?सबै भन्दथे लौ
मलाई तिमीले बिरामी बनायौ

छन्द: भुजङ्गप्रयात, बहरे मुतकारिव मुसम्मन् सालिम ।
सूत्र : ISS, फऊलुन् × ४

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *