खै म कसरी हाँसु..?

Spread the love
Prem, Budhathoki, प्रेम बूढाथोकी, pallawa, पल्लव

प्रेम बूढाथोकी

खै म कसरी हाँसु..?
आँशुले नारीको सौगात
यौवनमा पुछिएको बेला।
लाला वालाहरुको सहारा
किशोर मै लुटिएको बेला॥
खै म कसरी हाँसु..?

रुकुम रक्ताम्य भएको बेला।
सल्यानमा काख रितिएको बेला॥
भालुबाङमा जोवान खोसिएको बेला।
दाङमा साथी हराएको बेला॥
खै म कसोरी हाँसु..?

 


कठै…
जुम्ला डोल्पा रोल्पामा
भोकमारीले वस्ती ढाकेको बेला।
स्कुलबाटै कर्णधारहरुलाई
बन्दी बनाइएको बेला॥
खै म कसरी हाँसु?

बम र बारुदका गीतहरु
चारैतिर गुज्जिएको बेला।
दु:खी मनहरुमा
पिरामिड तेर्सिएको बेला॥
खै म कसरी हाँसु?

बन्द र नाकाबन्दीले हप्तौ
नखाएर ओठ कलेटी परेको बेला।
आपसमा भाई भाई
काटमार गरिरहेको बेला॥
खै म कसरी हाँसु?
खै म कसरी हाँसु?

-प्रेम बुढाथोकी
तुलसीपुर उप महानगर
पालिका-११, उरहरी दाङ्
हाल:-प्रबासबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *