बहरबद्ध गजल

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी

उषाले चुमेको बिहानी थियो
फुलेको गुलावी जवानी थियो ।

दिलैको बिसौनी बिसाएर या ?
पहाडी सिरेटो र पानी थियो ।

अपारै छ माया दियो साथ या
बसेको दिलैमा निसानी थियो ।

 

भयो प्राण एक्लो सहारा बिना
सदै प्रेम तिम्रो सुहानी थियो ।

तिमी चादँनी पोतिएकी कला
सदा झै दिलैमा कहानी थियो ।।

बहरे मुतकारीव मुसम्मन् महफुज
पिङ्गल छन्द ः– भुजङ्गी
य य य लघु गुरु
गण ISS ISS ISS IS

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *