खुट्टा चाट्छन् खिच्चाहरू…..

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

आसे-गासे छन् कुक्कुरहरू…
कति त खिच्चा भैसकेका छन् कुक्कुरहरू…
मासुको चोक्टो भनेपछि हुरुक्क छन् कुक्कुरहरू…
हिजो आज रक्सी पनि धोक्छन् कुक्कुरहरू….
स्वामी भक्त छैनन् खिच्चा भएका कुक्कुरहरू…
मालिकको खाएर दुःश्मनको हितमा भुक्छन्
दुःश्मनको अघिल्तिर राल काड्छन्,
खुट्टा चाट्छन्, चोई …. चोई….
खुरुरुरुर कुदेर पुग्छन्,
दुःश्मनलाई मालिक र मालिकलाई
दुःश्मन ठान्छन् भुस्याहा कुकक्कुरहरू…

 

एक छिन् भुक्छन् दुःश्मनका विरुद्ध कुक्कुरहरू…
धेरै जसो आफ्नै विरुद्ध लामबद्ध छन् कुक्कुरहरू…
छिमेकीको हितमा आफ्नै मालिकको विरुद्ध
हिमालतिर फर्किएर भुक्छन् खिच्चाहरू…
आलीशान महलमा हुर्किएका खिच्चाहरू…
महङ्गै गाडीमा मात्र गुड्छन्..
राते,पाङ्ग्रे,चुच्चे,थेप्चे, काले र मैले
थरि-थरिका छन् खिच्चाहरू…
आधुनिकताको चरमसीमामा छन् कुक्कुरहरू..
वैभवको पराकाष्ठामा छन् खिच्चाहरू…
शाग-सब्जीले चल्दैन, सधैं सधैं
मासु र भात मात्र खान्छन् कुक्कुरहरू…
आफ्नो मालिकको महङ्गो खाएर
सधै सधैं पराइ र छिमेकीको
हित गर्न पल्किएका खिच्चाहरू
लैनचौरको कोठामा
एक बोतल रक्सी र मासुको एक चोक्टामा
लुटुपटु गर्छन्,राल काड्छन्, खुट्टा चाट्छन्
खिच्चाहरू…..

रचनाकारः कनकधारा स्वामी स्वदेशानन्द
स्थानः सिलगड़ी, भारत
रचनाकालः २४ अप्रैल २०१७

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.