शिखरमा पुग्दैन पुग्दैन रे

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द

(छन्द कविता)
केही हो कविता सबै शिखरमा पुग्दैन पुग्दैन रे
आत्माको स्वर यो सबै सुरसिलो बन्दैन बन्दैन रे
सुन्दा भावकले जुरुक्क उठने पढ्दा फुरुक्कै हुने
यस्तो हो कविता पिता र जननी सुन्दै र गुन्दै रुने

हो हो त्यो कवि हो बिचित्र छवि हो ऊ ब्यास हो खास हो
हो हो जून उही र हो रवि उही ऊ आश हो सास हो !!
जन्मेकै कवि हुन्छ यो जगतमा चाहेर बन्दैन है !!!!
हल्लाखोर गरी मरी सकसले गाएर बन्दैन है !!!!!!!!!

 

धेरै काल बिते यही भुवनमा जन्मेन लक्ष्मीसरी
ती पौड्याल कता ?कता सम हरे खोजें पियारा चरी
बूढा माधवको विकल्प अब ता हाम्रा विनोदी बने
भण्डारी थरको मनोज बबुवा पाण्डे मधेशी धने

सारा एक भए बराबर हुने बाबा “अघोरी ” अहो
यी छन्दे कविको म ता शहरमा यौटा भुरा नै त हो
गाह्रो छन्द भनी युवा पर भए गोपालमार्गी बनी
लागे धेर त्यतै अझै गज़लमा आफन्त हाम्रै भनी

गोर्खे एक यहाँ पवित्र मनले सेवा गरे पल्लवी
मामा हुन् धनको बिचित्रपनको भान्जा बन्यो जिन्दगी
आमोदी वरदान हुन् नगरमा मेरा दमाली यिनी
मीठा यी मनका बगे बहरमा मिश्री र बन्दै चिनी

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *