गजल

Spread the love
deepak, nepal, दीपक नेपाल, pallawa, पल्लव

दीपक नेपाल

जसरी सुक्छ चैतमा मूल बिस्तारै बिस्तारै !
त्यसरी हुन्छ बैंसमा भूल बिस्तारै बिस्तारै !!

सायद मेरो तक्दिर यस्तो लेख्योकि भाविले !
हेरेर झर्यौ फुलेको फूल बिस्तारै बिस्तारै !!

पुलमा बसी बगर हेर्दै टिप्पणी गरियो !
सपना थियो भाँचियो पुल बिस्तारै बिस्तारै !!

 

फोनमा घण्टी रातीमा बज्यो उनिले रहेछ !
यादमा आए भन्दिए डुल बिस्तारै बिस्तारै !!

मुग्लान लाग्यो साथको छोरा पिरले सतायो !
बड्दैछ यहाँ साहूको हूल बिस्तारै बिस्तारै !!

३२ ३२ ३३ ||झ्याऊरे लयमा||
दीपक नेपाल
नेत्रावती गाऊँपालिका-१,धादिङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *