गजल

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

तिम्रो जस्तो स्वतन्त्रता मैले पनि पाउन पाए
पूर्ण हुन्थ्यो जीवन यो संसारमा छाउन पाए ।

सक्थे होला फुलेको बाटो मैले पनि ठम्याउन
द्विबिधामा नपरी एउटै बाटो धाउन पाए ।

तिमी ले बस्दा देउरालीमा मेरो बाटो हेरी हेरी
खुसी लाग्थ्यो बन्धन त्यो तोडेर आउन पाए ।

 

भाका मिलाई मैले नि गाउँथे होला प्रेम गीत
वनपाखामा न्याउली झैं खुलेर गाउन पाएँ ।

जन्मनाता छुटाएर साथ दिन त सक्दिन म
अन्तै कोशिष गर सानु चोखो माया लाउन पाएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.