मध्य पश्चिमाञ्चल, डोल्पाको बैजवारा निवासी बाबा पदमहरी अधिकारी र आमा अम्बिका अधिकारीका कोखबाट जन्मिनु भएकी शान्ति अधिकारी -पोख्रेल) को इनरुवा, सुनसरी निवासी गोपाल पोख्रेल सँग वैवाहिक सम्बन्धमा वाधिनु भएकी हो । शान्ति अधिकारीको पुख्र्यौली घर भने तार्कु खहरे, लमजुङ्ग हो । राष्ट्र सेवक भनौँ वा जीविको पार्जनका शिलशिलामा हालको बर्साई कोहलपुर, बाँके रहेको छ । उहाँ सगुन र शिशिर पोखरेल दुइ सन्तान की धनी हुनुहुन्छ । आफू नेपालगञ्ज नर्सिङ्ग क्याम्पस, कोहलपुरमा सेवारत हुनुहुन्छ । हालसम्म उहाँका ‘ शान्ति वाटिका गजल संग्रह- २०७०’ प्रकाशन भैसको छ भने हाल अर्को नूतन कृति प्रकाशनको तयारीमा जुटिरहनु भएको छ ।
उहाँ ‘पल्लव साहित्य प्रतिष्ठान-चितवन, ‘हाम्रो पूणिर्मा साहित्य प्रतिष्ठान’ कोहलपुर, ‘नेपाल स्रष्टा समाज काठमाण्डौँ’ र ‘मध्यपश्चिमाञ्चल गजल मञ्च सर्ुर्खेत’ जस्ता गरिमामय संघ-संस्थाहरूका आजीवन सदस्य हुनुहुन्छ । गजलकार शान्तिले ‘विश्व नारी नेपाली साहित्य सम्मान र पदक २०७१’ काठमाडौँ, अन्तराष्ट्रीय बाल साहित्य सम्मेलन भारतबाट ‘स्व. आनन्द प्रकाश रस्तोगी स्मृती सम्मान २०१४’ -उत्तराखण्ड बालकल्याण साहित्य संस्थान भारत) र मिसन टुडे राटि्रय दैनिक बाट ‘कदर पत्र २०७२’, पाइसक्नु भएकी गजलकार शान्ति अधिकारी -पोखरेल) सँग विविध पत्रिकाहरूमा प्रकाशनार्थ सामाखुसी, काठमाडौँ निवासी अरुण नदी खत्रीले लिनु भएको अन्तरवार्ताको सारसंक्षेप ।
१. तपाईलाई मन पर्ने पुस्तकहरू कुन कुन हुन् ?
मुना मदन, बर्साई, सेतो धर्ती लगाएत सामाजिक परिवेसमा लेखिएका पुस्तकहरूका साथै म स्वयम् गजल लेख्ने मानिस भएकत्त हुनाले गजलदर्शन र अन्य खत्तजअनुसन्धान सम्बन्धि पुस्तकहरू मन पर्छ ।
२. लेख्नु पर्ने वाध्यता कतिबेला महसुस हुन्छ ?
जव समाजमा विकृति हुन्छ शोसित पीडित देख्छु त्यसैको विरुद्धमा कलम चलाउँ जस्तो लाग्छ । जव मनमा भावनाहरू उकुस मुकुस भएर वाढी सरी उर्लिन्छन् तव लेख्नै पर्छ ती भावनाहरूलाई शव्दमा उतार्नै पर्छ भन्ने महसुस हुन्छ ।
३.आफ्नो साहित्यिक यात्रालाई आफैले कसरी हेर्नु भएको छ ?
कुनै पनि यात्रा सहज पक्कै हुदैन जुन यात्रामा चुनौतिहरू हुन्छन र ती चुनौतीको सामना गर्दै पन्छाउदै यात्रालाई गन्तव्य तिर लैजान पाउँदा बेग्लै आनन्द हुन्छ । मेरो साहित्यिक यात्रा पनि सहज छैन अझ नारी साहित्यकारहरूको साहित्यिक यात्रा त कठिन नै हुन्छ जस्तो लाग्छ । नारीले सबैतिर हेर्नु पर्ने भएकोले पनि चाहे जति समय लेखनीमा दिन नपाउने सहयोगको अभाव हुने सहयोग गर्छर्ुुन्ने व्यक्तिहरूमा पनि अदृश्य स्वार्थ भेटिने भएकोले पनि यात्रा जोखिम रहित छ भन्न सक्दिन तर पनि सारा कठिनाईहरू हटाउदै यात्रालाई गन्तव्य सम्म पर्ुयाउने अटल र दृढ लक्ष्य त राख्नै पर्छ मैले पनि राखेकी छु ।
४.साहित्यमा विशेष केही गर्न बाँकी छ जस्तो लागेको छ ?
साहित्यमा धेरै गर्न बाँकी छ । मैले त साहित्यमा पाईला मात्र राखेकी छु पाईला चाल्न बाँकि नै छ ।
साहित्य त माहासागर हो यसलाई बुझ्न र बुझेका कुराहरूलाई उतार्न त असंख्य बाकि नै छ । बिस्तारै पाईला र्सार्न खोज्दै छु, हेरुँ मेरा गन्तव्य कहाँ सम्म पुग्न सक्छ ।
५.कुन क्षेत्रमा चाहिँ कमजोर भए भन्ने लाग्छ ?
साहित्य क्षेत्रमा भनौँ भने भरखर बामे र्सर्दै छु सुरुवातमै कमजोर छु भन्ने मानसिकता त म राख्न चहान्न र राख्न भएन पनि । अनि सक्षमताको घमण्ड पनि लिने ठँाउ छैन किनकी मैले कविता, गजल मुक्तक हाईकु भन्दा अरु बिधामा कलम चलाउन सकेको छैन । यो मेरो समयको बाध्यता भनु या पारिवारिक व्यस्तताले भनौँ कथामा कलम चलाउन शुरुआत गर्दै छु । मलाई मन पर्ने क्षेत्र राजनिति पनि हो यदि सहि विचार र राष्ट्र प्रेमलाई आत्मसाथ गरेर हिड्न सकेमा ।
६.तपाई धेरै लेख्नु हुन्छ लेखन तपाईको वाध्यता हो कि व्यवसाय ?
म लेख्छु मैले देखेका सुनेका र भोगेका कुराहरूलाई भएका र हुन सक्ने कुराहरूले मनलाई उथल पुथल पार्न थाले पछि त्यसलाई शव्दहरूमा उतार्ने गर्छु हामी मोफसलमा बस्ने श्रष्टाहरूले न त त्यति धेरै मौका पाउछौँ ! न त ठाउँ नै । अनि पाउने ठाउँमा पनि प्राय नातावाद र कृपावादले हैकम जमाएकै हुन्छ । त्यसैले आत्म सन्तुष्टिको लागि म साहित्यमा कलम चलाउने गर्छु मेरा सिर्जनाले धेरैको मन जित्न सकोस भन्ने आसा अनि चाहना ले गर्दा पनि लेख्ने गर्छु। मैले आफ्नो पेशा र घर व्यवहारबाट फुर्सद पाएको समयमा सिर्जना गर्ने गर्दछु । लेखन मेरो लागी कुनै वाध्यता र व्यवसाय केहि पनि हैन ।
७.तपाईको पहिलो कृति कसरी प्रकाशित भएको थियो ?
मलाई साहित्य सानै देखी मन पर्ने भएकोले लेख्ने गर्दथेँ २०६१ तिर साहित्य र्समर्पण मासिक साहित्यिक पत्रिका निकाल्लन थाल्यौँ विविध कारणले गर्दा त्यो बन्द भए पछि कलम चल्न पनि बन्द जस्तै भएको थियो । पछि फेरी फेसबुकमा भावनाहरू लेखेर पोस्ट गर्ने क्रममा चल्न थाल्यो र केहि साहित्यका अग्रज तथा मित्रहरूले यसरी लेख्नुस भनेर केहि नियम सिकाई दिनु भयो । म आफू पनि पल्लव साहित्य प्रतिष्ठानकत्त आजविन सदस्य रहेका कारण उक्त संस्थाका अध्यक्ष गर्त्तर्खे साइँलोको पनि विशेष हात रहेको छ । यसरी नै गजल लेख्न थालेँ लेख्दै जाँदा रचनाहरू धेरै भए यसलाई प्रकाशित गर्ने उत्साह पनिे साहित्यकार मित्रहरूबाट नै प्राप्त भयो र २०७० सालमा ‘पल्लव साहित्यिक प्रतिष्ठान-चितवन’बाट पहिलो कृति ‘शान्ति वाटिका’ गजलसंग्रह- २०७०, प्रकाशित भएको हो ।
८. आजकल के मा व्यस्त हुनुहुन्छ ?
घर परिवार तथा आफ्नो पेशामा व्यस्त छु त्यसको अलवा अचेल बहरमा गजल लेख्दै पनि छु अर्को गजल संग्रह निकाल्ने सोच पनि गर्दैछु जो पहिलो भन्दा त्रुृटी रहित होस भन्ने चाहना छ । अरु कथा लेखनलार्इ अगाडि बढाउन सबै सहित्यकारहरूले लेखेका कथा लघुकथाहरू फेसबुक साहित्यिक पत्रिकाहरूमा खोजी खोजी अध्ययन गर्दै छु ।
९. जीवनको त्यस्तो कुनै पल छ जुन तपाईलाई सम्झिरहन मन लागोस् ।
जीवनमा त्यस्ता सुखका पल त छैन बिर्सनै नसक्ने पल भने जिन्दगीमा आइ नै रहँदो रहेछ, जुन २०६४ भदौमा बहिनीले सदाको लागी छोडेर गएको दिन भने बिर्सनै नसक्ने भएर बसेको छ ।
१०. साहित्यकारहरू लेखेजस्तो कुरा व्यवहारमा उतार्छन् त ?
गाह्रो प्रश्न भो मेरो बिचारमा ९८, प्रतिशतले उतार्दैनन् जस्तो लाग्छ किनकि जसले नारीका बारेमा लेख्छ वाहवाह बटुल्छ मान सम्मान दोसल्ला ओढ्छ त्यहि व्यक्तिका बारमा खोजी निति गर्यो भने नारी भोगी भएको पाईन्छ कैयौ नारीलाई जिउदो लास बनाएर छोडेको भेटिन्छ । हुनत यसमा एउटाको मात्र दोष हुन्छ भन्न नमिल्ला नारीकत्त पन दित्तष हुन्छ नै । समाजलाई बदल्नु पर्छ भनेर लेख्नेहरू नै समाजका बिरोधी देखिन्छन् । बिभिन्न लत र कुलतलाई साथी बनाएका हुन्छन् । अझै अचेल भरी त नव आगन्तु साहित्य प्यासी भाइवैनीहरूलाई ठूलो बनाई दनिे प्रलोभन देखाएर साहित्यलाई नै कमाई खाने भाडो बनाउनेहरूको पनि कमी छैन । माता पिताको भक्ति गीत गाएर लेख्नेहरू माता पिताका लागी कुपात्र हुन्छ यसमा पुरुष मात्र हैन नारीहरूको पनि कमी देखिदैन । आफु नारीहरूकै हक हितका बारेमा लेखेर नथाक्नेहरूले नै नारीलाई पर्दा सहयोग गरेको देखीदैन । साहित्यमा पनि राजनितिमा जस्तै सस्ता नारा र खोक्रो भाषण अनि आदर्शका कुरा छाट्नेहरूको कमि देखिदैन । यसो भन्दैमा सबै नकरात्मक देख्ने हाम्रो नजर र सोचाई भने बिल्कुल ठिक हुदैन । साहित्यले समाज परिवर्तन गराउन सक्छ । साहित्यिक आन्दोलन अथवा कलमको बिरोधलाई कसैले लत्याउन सक्दैन । कलममा संसार बदल्ने खुबि हुन्छ । कुनै पनि कुरा आफैँमा खराब हुदैन । त्यसलाई प्रयोग गर्ने व्यक्तिमा भर पर्ने कुरा हो । सकरात्मक कुराले नकरात्मक कुरालाई चिर्न सक्नु पर्दछ भन्ने मेरो मान्यता हो । कुनै पनि व्यवस्था या कुराको आफ्नै निती नियम र सीमा हुन्छ त्यसबाट बाहिर जान खोज्यो भने नकरात्मक असर पर्न थाल्दछ । एक साहित्यकार खराब प्रबृतिको भएमा त्यसबाट समाजलाई कस्तो असर पर्छ भन्ने त स्वंम साहित्यमा लाग्ने व्यक्ति नै सचेत हुन जरुरी हुन्छ । साहित्य समाजको ऐना हो जसले साहित्यलाई अध्ययन गर्दछ उसले समाज परिवर्तन गर्न सक्ने उर्जा प्राप्त गर्न सकोस भन्नेमा लेखक सजक हुन जरुरी हुन्छ । त्यसैलेेे लेखन जस्तै राम्रो लेखकको व्यक्तिगत चरित्र र व्यवहार भएमा साहित्यलाई माया गर्ने र अपनाउनेहरूको कमि हुने थिएन । मेरो बिचार नितान्त मेरैमात्र हो कसैमा अपाच्य पनि हुनसक्छ ।
११. लेखेर के पाए जस्तो लाग्छ ?
मैले केहि पाउनको लागि भनेर लेख्न थालेको हैन कुनै मान पदवीको आसा राखेर वा मैले पाउनै पर्छ भन्ने घमण्ड पनि छैन । चेतना, हौसला, अग्रज र मान्यजनहरूको माया, प्रोत्साहन गर्ने साहित्यिक मनहरू ,आत्मविश्वास, धैर्यता र आफुलाई चिनाउने एउटा ठुलो साहित्यिक चौतारी पाएको छु । यदि म यो चौतारिमा आउदिन थिएँ भने आज तपाईं सँग यो भलाकुसारी गरेर मेरो मनका भावनाहरू पोख्न पनि कहाँ पाउथेँ र?
१२. लेखन क्षेत्रमा कसरी लाग्नु भयो ?
मैले माथि पन भिनिसकेको छु, मलाई साहित्य अति मन पर्ने विषय भएको हुनाले पनि हो । समाजमा घटित घटनाहरूले मलाई लेख्न उत्पे्ररित गरिरहेको हुन्छ । त्यसैलाई नै लेखनको माध्यमले समाजमा चेतना ल्याउने दर्पन बनाउन सकिन्छ भन्ने मेरो सोचाई हो । सबै भन्दा महत्वपूर्ण कुरा त साहित्यलाई माया गर्ने मन र भावना भएर पनि म साहित्य लेखनमा लागेको हुँ ।
१३. तपाईं लेख्ने समय कसरी मिलाउनु हुन्छ ?
गृहणीका साथै आफ्नो काम पनि भएकोले समय मिलाउन त गाह्रो हुन्छ । तर पनि मनले चाहेमा मिल्दो रहेछ यसरी लेख्दा कहिले काहीँ बसालेको भात, तरकारी डढेका घटनाहरू पनि नभएका हैनन् ।
१५. साहित्यकारहरूको दायित्व कस्तो हुनु पर्दछ ?
साहित्यकारहरूको महत्वपूर्ण दायित्व भनेकै सामाजिक र राष्ट्रिय दायित्व हुनु पर्दछ । यसलाई मनन गरेर लेखन कार्यलाई अगाडि बढाउने हो भने सफल पक्कै भईन्छ भन्ने लाग्दछ । साहित्यकार र समाजको नाता सम्वन्ध नङ र मासुको जस्तै हुने भएकोले आफ्ना व्यक्तिगत आचरणलाई पनि ध्यान दिन जरुरी हुन्छ । जसले गर्दा साहित्य र साहित्यकार प्रति कसैले पनि घृणित दृष्टि र नकरात्मक धारणले हर्ेन नसकोस साहित्यकार प्रति समाज र राष्ट्रले गौरव गर्ने ठाँउ बनोस भन्ने चहान्छु ।
१६. स्रष्टाहरूको प्रोत्साहनका लागि राज्यले कस्तो भूमिका खेल्नुपर्दछ ?
अहिलेको अवस्थामा स्रष्टाहरूलाई राज्यले जति हेर्नु पर्ने थियो त्यो हेरेको पाईदैन । अहिले एक दुइ छोडेर लेखेरै बाँच्ने अवस्था केही कसैको छैन । कहिले त यस्तो दर्दनाक दृश्य पनि देखिन्छ कि साहित्य र कलामा जीवन बिताएका व्यक्तिहरूले उपचार खर्च नपाएर मृत्युको मुखमा पुग्दा सम्म पनि राज्यले मुल्यांकन गर्दैन र हेर्दैन । यस्ता घटनाहरू हुन नदिनको लागि सबै ठाउँका साहित्यमा योगदान दिने स्रष्टाहरूलाई समान रूपमा हेरेर समान अवसर दिन सक्नु पर्दछ । दूरदराजमा लुकेर रहेका नयाँ स्रष्टाहरूलाई प्रेरणा प्रदान गर्दै कृति प्रकाशन गर्न सहयोग गर्ने साहित्यमा राजनितिक हस्तक्षेप हुन नदिने र कुनै पनि र्सजकलाई राजनितिक दल, क्षेत्र र ठाउँ विशेषका आधारमा हैन साहित्यिक खुबिको आधारमा पुरस्कृत र सम्मानित गर्ने गराउने तर्फपहल गर्ने । नारी स्रष्टाहरूलाई विशेस प्रोत्साहन गर्ने कृती प्रकाशनमा आर्थिक सहयोग गर्ने । साहित्यलाई नाताबाद र कृपावाद बाट टाढा राखेर राज्य कोषबाट साहित्यलाई पनि रकम छुट्याउने कार्य गरेमा साहित्यमा लाग्ने स्रष्टाहरूलाई केहि भए पनि प्रोत्साहन मिल्ने थियो । यसमा राज्यले मात्र हैन साहित्यिक संस्थाहरूले पनि यस्ता कुरामा ध्यान दिन सके मात्र यसमा लाग्ने स्रष्टाहरूको मनोबल बढ्ने थियो र साहित्यको विकास सहि रूपमा हुने थियो ।
१७. अन्तमा समस्त पाठकहरूलाई के भन्नुहुन्छ ?
पहिला त मलाई ति पत्रिकाहरूमा ठाउ दिएर आफ्ना भावना राख्ने मौका दिनु भएकोमा प्रसतुत पत्रिका परिवार प्रति हार्दिक आभार प्रकट गर्दछु । यसरी दुर दराजमा रहेका स्रष्टाहरूलाई जनमानसमा परिचय गराउदै उनिहरूका भावनाहरूलाई कदर गर्दै बाहिर ल्याउने प्रयास गरेकोमा कृतज्ञ छु । यसरी नै लुकेर रहेका प्रतिभाहरूलाई सधै ठाँउ दिएर सम्मान गर्ने कार्यमा खटिनु भएका तपाईं अरुण् नदी खत्री र प्रस्तुत पत्रिकाको उन्नति र प्रगतिको कामना गर्दै सधै सबैले यसलाई यसरि नै माया गर्नु हुनेछ यसको निरन्तरताको लागी सहयोग गर्नु हुने छ भन्ने आसा लिएको छु र यसको नियमित पाठक हुन पनि आग्रह गर्दछु ।
धन्यवाद
शान्ति अधिकारी (पोखरेल)
कोहलपुर, बाँके ।
प्रस्तुति ः अरुणबहादुर खत्री “नदी”
इमेल arunkhatri2024@gmail.com
मोबाइल नम्बर ९८४१७९७६६४
