‘‘छोरी’’

Smritee, Smriti, Kandel,,स्मृति‎ कंडेल , pallawa, पल्लव

स्मृति‎ कंडेल

एक दिन एउटा व्याक्तिलाई बाटोमा अचानक रिगटा लागेकोले केहि मान्छेहरूले उसलाई हस्पिटल लान्छ ।
सानै छदा उहाँले आफ्नो छोराको मृगौला खराब भएकोले एउटा मृगौला आफ्नो छोरालाई दिएको थियो ।
त्यसैले अर्को मृगौला पनि काम गर्न छोड्न लागेको थियो ।
उसको घरमा फोन गरे पनि
उसलाई यस्तो हालतमा कोहि आफन्त पनि भेट्न आएन ।
उसलाई लाग्छ कि अब उसको अन्तिम दिन आईसकेछ ।

 

अर्को दिन उसको आखा खुल्छ
उसले अचम्म मान्दै डक्टरलाई सोध्छ ।
मलाई कसले आफ्नो मृगौला दिएछ ?
डक्टरले भन्छ ।
हजुर एउटी केटी आएको थियो
उनले भनिन उनी हजुरको छोरी हो
र हजुरलाई आफ्न मृगौला दिन चाहान्छ ।
त्यो मान्छे त्यो केटीको नजिक जान्छ
र हेर्छ कि उनी साच्चै उसकी छोरी नै हुन्छ ।
जसलाई धेरै वर्ष पहिला हेला गरेर
घरबाट निकाली दिएका थिए
केटीले एउटा पत्र छोडेकी हुन्छ
उसले पत्र खोलेर पढ्छ :-

” बाबा मलाई माफ गरिदिनु
म यो जुनिमा हजुरको छोरा बनी जन्मिनु सकिन सायद म धेरै नै भाग्यामानी रहेछु ।
जसको बुबाले यति धेरै माया गर्नु भएछ ।
त्यो दिनहरूलाई सम्झिन्छु धेरै रमाईलो लाग्छ ।
आमाले मलाई जन्म दिएर जानु भो, त्यसपछि हजुरले छोरा पाउँने लालजमा अर्को बिहे गर्नु भो
केहि दिन पछि मेरो सानो भाईको जन्म भयो ।
म धेरै खुशी भएर भाईलाई भेट्न गए
तर अर्की आमाले मलाई धेरै नै घिन लाग्दो गाली गर्दै कुटेर त्यहाँबाट लखेट्नु भयो ।
म एकान्तमा गएर रूदै थिए
तर हजुरले मलाई आशु पुछिदिनुको साटो मलाई अझ गाली गर्नु भयो
यस्तै दिनहरू बित्दै थियो
हजुरले मलाई घरको नोकर्नी जस्तो घरको सबै कामकाज गराउँनु हुन्थ्यो
र भाईलाई नयाँ कपडाहरू
नयाँ खेलौनाहरू ल्याएर दिनु हुन्थ्यो
म सधै एकान्तमा आमाको फोटो हेरेर भोकै बसेर रूने गर्थे
र भन्थे “आमा” हजुरले किन छोरी बनाएर जन्म दिनु भो ।
के यहाँ छोरी भएर जन्मिनु पाप हो ।
एक दिन म भूईमा बसेर खादै थिए
त्यतिकैमा भाई आएर भने दिदि मेरो हात काटेको छ कृपया आफ्नो हातले खाना खुवाईदिनु न ।
मैले भने ” ल हुन्छ भाई ”
त्यसपछि उसलाई खाना खुवाउँन थाले त्यति कै मा अर्की आमाले हेर्नु भयो
र मलाई धेरै गाली गर्दै कुटपिट गर्नु थाल्यो
एक छिन पछि हजुर घर फर्किने बेलामा आमाले तपाईलाई JPT भनिन ।
तपाई उसको कुरा सुनेर धेरै रिसाउँनु भो र मलाई गाली गर्दै कुटपिट गरे पछि आगोमा भएको दाउराले हात पोलिदिनु भो
र घरबाट निकालि दिनु भयो
त्यो दिन म तपाईको अगाडि धेरै छट्पटिए रूदै मलाई घरबाट ननिकाल्नु भनेर बिन्ति गरे तर पनि हजुरले मेरो एक कुरा पनि सुन्नु भएन ।
म बाटोमा यताउता भौतारिन थाले र त्यसपछि म अनाथ आश्रममा बस्न थाले
र म अहिले एउटा समाज सेविका छु
तर आज पनि हजुरले मेरो हातलाई पोलेको दागलाई हेर्दा हजुरले गरेको मायाई सम्झिने गर्छु ।
तपाईको धेरै याद आउँदै थियो हिजो म बाटोमा भाई र आमाई कतै जादै गरेको देखे
मैले उहाँलाई हजुरको बारेमा सोधे
उहाँले भन्नु भयो हजुर हस्पिटलमा हुनु हुन्छ ।
त्यसैले यहाँ आएर डक्टरलाई सोध्दा हजुरको रोगको बारेमा थाहा पाए र त्यसैले मैले सोचे यदि मेरो शरीरको कुनै अङ्ग तपाईलाई काम आउँछ भने म आफूलाई धेरै भाग्यामानी ठान्छु ।
तर जानु भन्दा पहिला हजुर सँग एउटा प्रश्न छ कि “के छोरी भएर जन्मिनु पाप हो “?
म सधै भगवानलाई प्रार्थना गर्छु कि अर्को जुनिमा मलाई तपाईकै घरको छोरी भएर जन्म दिनु होला ।
जुन बेला हजुरले यो कुरा थाहा पाउँनु हुन्छ भने त्यो बेला म हजुरलाई छोडेर आमा भएको ठाउँमा पुगिसक्ने छु ।
यदि आमाले हजुरको बारेमा सोध्यो भने म उहाँलाई भन्छु
बुवाले मलाई धेरै माया गर्नु हुन्थ्यो आमा सातद तपाई म सँग हुदा पनि हजुरले मलाई त्यति धेरै माया गर्नु सक्नुहुन्न थियो
बुवा एउटा कुरा याद राख्नु म मरे पनि मेरो आत्मा हजुर सँगै हुने छ अलबिदा हजुरको प्यारी छोरी “!!

त्यो पत्र पढेर उसको आखामा सागर सरि आशु बग्न थाल्छ र भन्छ हैन छोरी भएर जन्मिनु पाप होईन पापी त म जस्तो मान्छेहरू रहेछ जसले आफ्नी अति प्यारी छोरीको माया बुझ्न सकिन त्यस पछि उसको दाह सँस्कार गरेर छोरी सम्झिदै दिन बिताउँन थाल्दछ ।

समाप्त
मोरल :- छोरा नै चाहिन्छ समाज चलाउन सबैले भन्छ तर आमा बाबालाई त्यति पनि थाहा छैन कि बुहारी पनि कसैको छोरी हो छोरी नभई यो समाज कहिले पनि अगाडि बढ्न सक्दैन त्यसैले हामी छोरीलाई पनि छोरा जस्तै माया गर्नु पर्छ ।
रसु (सानी स्मृति)

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *