गजल

Spread the love
Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

त्यो गोधुली साँझले सुटुक्क हेरिदिदाँ
सर्माउँदै प्रहरले झन् कोल्टे फेरिदिदाँ ।

चन्द्रमाले ज्योती दिई हटाए झैं गगनमा
हटाउनु बादलको निलकण्ठले बेरिदिदाँ ।

नओईलाउन् वगानमा फक्रिएका फुल
उडि जाने भमराले रस चुस्न घेरिदिदाँ ।

 

यादहरू जीवनका मार्ग दर्शन बन्नोस
सन्तुष्ट छ हृदय कलमले केरिदिदाँ ।

कर्कलाको पातमा तप्किएको शीतसरी
तप्किएछ जिन्दगी मायाप्रिति सेरिदिँदा ।।

अम्बिका कार्की “अमु”
सर्लाही हाल चितवन ,भरतपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *