बहरबद्ध गजल

Spread the love
Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

छ पुर्खाहरूले दिएका निशान
गिराएर छाड्यौ सबै स्वाभिमान ।

भएको छ नेपाल झनै दिक्क आज
पुरानो पनाको त देखिन्न ज्ञान ।

अझै छिर्न पर्ने छ होला सवारी
बिना अर्थ गिर्दै गर्‍यौ शान दान ।

 

लडाकू उँचार्इ बचाऊँ न साथी
‘म’ भन्दा ठुलो देश नै छ जान ।

छ ‘गोर्खे’ निशानी ति पूर्खाहरूका
बगाएर रातो कटाएर ज्यान ।।

छन्द: भुजङ्गप्रयात, बहरे मुतकारिव मुसम्मन् सालिम ।
सूत्र : ISS, फऊलुन् × ४
– गोर्खे साइँलो
गजलकटेरी, विशालमार्ग, नारायणगढ, चितवन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *