नेपाल हाम्रो घर

Spread the love
Sankar, Dhakal, Palpa, शंकर ढकाल, pallawa, पल्लव

शंकर ढकाल

फुल्ने फूल सुनाखरी मखमली जाई गुहेँलीहरू।
गाई गीत अजम्बरी वन चरा डाँफे मलेवाहरू।।
हाम्रो सत्य समाज लोक लयमा मीठो बनी गुञ्जने।
झन् माटो मलिलो भयो जमिनको खाधान्न नै उब्जने।

डाँडा चाैर सधै असाध्य हरियो देखिन्छ प्यारो वन।
नेपाली हुन सक्नुमा मनुजका निक्कै सफा जीवन।।
भाषा सस्कृति धर्म लोक नृत्य छन् लाखौँ कला झल्कने।
ठूल्ठूला छ हिमाल पर्वतहरू निक्कै यहाँ चम्कने।।

 

बोल्दैछौँ किन होर दु:ख डरले हारे म के नै गरूँ।
ज्यूँदै छन् अझ भक्ति कालु भृकुटी पाँडे र काजीहरू।।
यस्तो सोच तिमी खुकुरीले गल्ती प्रथा मास्दछु ।
आफ्नै देश भरी विकास सबमा दीगो गरी बाँच्दछु।।

गर्छौँ के भन देशमै इलम ती पाईन्छ मज्जा सितै।।
यो हाम्रो परिवार देश सहजै पुग्नेछ माथी छिटै।।
लाखौं फुट्छ मुहान गाउँ घरमा संसार जित्ने जल।
खोला ताल नदी अनेक थरिका नेपाल हाम्रो घर।।

छन्दः शार्दूलबिक्रिडित
शंकर ढकाल
तानसेन– ११, काजिपाैवा,पाल्पा

Leave a Reply

Your email address will not be published. Required fields are marked *