“आमा”को आँसु पुछेर मनाए नयाँ बर्ष !!

Spread the love
Smritee, Smriti, Kandel,,स्मृति‎ कंडेल , pallawa, पल्लव

स्मृति‎ कंडेल

नानी यी हेर हातका रेखा ………
सानैमा आमा बितिन अनुहार पनि देख्न पाइन कस्ती थिइन होला मेरी आमा! म सानै हुदा बाउ ले कान्छी आमा ल्याए, आफु १३, पुगेर १४, लाग्दै थिए, हास्ने खेल्ने बेलामा बिबाह गरेर दिए त्यो पनि आफू भन्दा २० बर्ष जेठ्ठो मान्छे सग । केटाकेटी नै अवस्था भए पनि घर चलाउनै पर्थो 18 बर्ष कि हुदा दुई छोरा भए 20 बर्ष नपुग्दै श्रीमान बित्नु भयो । सबै थोक गरेर जिउन सकिदो रहेछ तर बिधुवा भएर जीवन जिउनै गाह्रो ……

 


उमेर मै बिधुवा भए सहारा टुट्यो सिउदो पुछियो साथामा दुई छोरा मात्र थिए श्रीमान बितेपछी खान पनि धौ धौ पर्थ्यो, आर्काकोमा दिन भरी कम गरेर घरमा केहि खाने कुरा ल्याउथे छोराहरू सानै थिए छोडेर हिड्न पनि सकिन । त्यो बेला समय नै त्यस्तै थियो गाउँ समाज रितिरिवाज चाल चलन सबै पुरानो थ्यो जिन्दगीको सहारा पनि नखिजेको हैन, १० ओटिकी आमा लाई बरु बिबाह गर्छु भन्ने भेटियो तर सिउदो पुछिएकी नारीलाई बिबाह गर्छु सहारा दिन्छु कसैले भनेन ।अझ भनौ केटाकेटी नै अवस्था थियो मेरो बाटोघाटो हिडदा डर लाग्यो बजार पनि टाढा कसैको साथ लागेर हिडदा पनि बात लाउने गर्थे उ त्यो त बुढा मरेको २ दिन मै लठारिन थाली भन्दै नानाथरी भनेर बसिखान दिदैन थे निकै कठिन स्थिति थियो त्यो बेला, मर्न मन नलागेको पनि हैन, तर २ छोराको मुख हेर्दै बाच्ने कोशिस गरिरहे।।

,,जिन्दगी बिरक्त लाग्थ्यो त्यो बेला, आफ्नै भाग्य देखेर रुन्थे कराउथे अह मेरो आवाज कोठाको ४ कुना बाहेक बाहिर कहिल्यै गएन, यदि गए पनि मेरो आवाज सुन्थ्यो नै कसले सबै बाट हेपिएकी थिए म । सबैले अनेक अनेक भनेर गाली गर्थे कसैले सानैमा आमा टोकि भन्थे त कसैले बिहे गरेको केही बर्षमै पोइ टोकि भन्थे ।। प्रत्येक लाई सोधे मैले कसरी टोके होला आफ्नै आमा? आफ्नै श्रीमान ? अह उत्तर कतैबाट पाइन मात्र सबैले यहि कुराले घोच्ने पेल्ने गर्थे लाग्थ्यो सिउदो पुछिएर बाच्नु पनि धिक्कार रहेछ ।। मन बिसाउने ठाउँ कहि नभएपछि मर्न पनि सुर कसे तर काखको छोराले मामी भन्दै बोलाएपछी सकिन, सोचे कसरी टुहुरा बनाएर जाउ दुई छोरालाई यी नाबालक को के दोश भन्दै मन बुझाए

बिरामी भएर सार्है परेको बेला पानी दिने कोहि थिएन ठूलो छोरा ७ बर्षको थियो, पैसा थिएन औषधी किन्न मेरो नाबालक छोरा पारी गाउँमा गएर काम गरेर दुई चाइ पैसा जम्मा गरेर मेरोलागी औसधि ल्याउने गर्थ्यो समय बित्दै गयो छोराहरू हुर्किदै गए
सानो छोरालाई १२ बर्षको उमेरमै मावोबदी ले खोसेर लगे आज सम्म अत्तोपत्तो छैन बांचेको छ कि छैन कहा छ कस्तो छ ? काखको छोरा खोसेर लगे मुटु लुछियो साथमा भको एउटा छोरालाई बनिबुतो गरेर पढाए हुर्किदै गयो मेरो छोरो आसाको दियो जलाउदै गए मैले । छोराले ममि अब म पनि ठूलो भए बिदेश गएर पैसा कमाउछु बुबा नभएपनी म सबै जिम्मेवारी निर्बाह गर्छु हजुरलाइ सुख दिन्छु भन्दै बिदेश जाने तयारी गर्यो छोराले ।। खान त पैसा थिएन अब बिदेश जाने पैसा कसरी ल्याउ म कसले देला पैसा मलाई ।।

,, उपाए केही नलागेपछि
भको एउटा बास बस्ने झुपडी पनि
गाउकै मुखियाको मा बन्धक राखेर पठाए छोरालाई । लाग्थ्यो अब त मेरा पनि सुख्खका दिन आए म पनि अलिकति खुसी हुनसक्छु तर अह म भ्रममा रहेछु ।।

छोरालाई राम्रो सग जाउ है बाबू भनेर पठाए
छोरा गको २ महिना नबित्दै छोरालाई आफ्नै साथिले फसाएर जेल पठायो अरे खबर सुने सबै सपना चकनाचुर भयो हे भगवान किन म दुखी लाई मात्र यस्तो हुन्छ , किन दुखिको दुख देख्दैन भगवान ,दुःखी लाई मात्र रुहाउने त कस्तो भगवान भन्दै रोए आँसुको धाराले हर दिन, हर रात चौबन्दी र फरिया भिझ्थ्यो मेरो त सहारा नै टुट्यो बुढेसकालको लाठी नै भाचियो , जस्तोसुकै भएपनि मेरो छोरा आइदिए हुन्थ्यो दुख सुख्ख यहि जसोतसो बाच्ने थियौ जसका लागि यो समाज सग लडे, जसको मुख हेरेर बाचे आज त्यही मेरो मुटुको धड्कन बन्द भए झै भयो । अर्का तिर गाउको मुखिया ले छोराको खबर सुन्ना साथ दिएको भाकाभन्दा आगाडि नै घर जग्गा सबै लियो अब म कहा जाउ आफ्ना आफ्न्तले त सानै देखि तिरस्कार गरे गाउँ समाज ले बिधुवा भन्दै सिउदो पुछिएको दिन देखि बोक्सी पोइ टोक्ने यो त यसको नजिक नजाउ बाटोघाटो हिन्दा नि तर्किएर हिड्ने गर्थे अब कहाँ जाउ म !
खाने पैसा थिएन, काम कसैले दिदैन थिए, कहाँ जाउ म के गरौ, भोकले मर्न लागे पनि कसैले खान दिएनन । साझ पख लुकि लुकि अरुको जुठेल्नामा गएर फ्याकेको भातका सीता टिपेर खाए मैले।।
सम्झन्थे छोरलाई बिरक्तिएर बिस्तारै मन मस्तिष्क सबै शुन्य हुदै गयो बैलाएर सडक सड्क भैतारिन थाले बाटोमा फ्याकेको खादै जीवन निर्वाह गर्दै भैतारिदै गल्ली गल्ली खाना खोज्दै हिडे साना केटाकेटी डराउथे मलाई देख्दा । कसैले ला बौलाइ खा भनेर गिज्याउदै फ्याकिदिन्थे खाना। मलाई कसैको प्रवाह थिएन बस खान पाए पुग्थ्यो ।। अरुको जुठो खानु अरुको अगाडि हात फैलाउनु मेरो रहर थिएन । बिरामी भएर लडेको रहेछु सडकमा कतिले मरि छ बैलाइ जहिले बाटोमा भैतारिन्थी भनेर थुके।। कतिले किल्चिएर हिने म मा जतिनै पीडा भएपनी मलाई सम्मान र माया त कसले गर्थ्यो र म सडकमा भैतारिएकी लाई तर एउटा नेक मान्छेले मलाई हस्पिटल पुराइ उपचार खर्च सबै आफै बेहोरी मलाई बृद्धआश्रम सम्म पुराउने ब्यबस्था गरेको रहेछ र आज म यहि आश्रममा छु आश्रममा बस्ने मेरो रहर हैन मेरो बध्यता हो छोराको आज सम्म केही खबर पाएकी छैन जिवित छ वा छैन कहाँ गयो कस्तो छ फर्किन्छ फर्किन्दैन केही थाहा छैन । मेरो एउटा छोरा थियो हरेक चाडपर्वमा सम्झन्छु म उसलाइ कुनै बर्ष खुशियालिका साथ मनाइन मैले मेरो कोहि छैन ।।
हेर् नानी मेरो भाग्य हेर मेरा हातको रेखा हेर भन्दै अतितका ब्यथा सुनाउदै रुन थाल्नुभयो आश्रमकि एक आमा ।। म प्रशाद दिन भनेर गएकि थिए एक आमाको कथा ब्यथा सुनेर मन थाम्न सकिन ।आमा तिमी महान छौ भन्दै पाउ छुए अनि अंगालोमा बेरेर। आज देखि म हजुरको छोरी हु आमा भन्दै आँसु पुछिदिए मेरो हातले ।।

दिन भरि उहि आमाको सेवा गरे आमा खुशी हुनु भयो हरेक चाडपर्वमा आमा सगै आउने बाचा गरे मैले । आमाले मेरी छोरी भन्दै अंगाल्नु भयो र नया बर्ष आशुपुछेर खुशिका साथ मनाउनु भयो ।।धन्यबाद🙏🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *