राममणि अाचार्यका एकजोर गजल

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

बहरबद्ध गजल– १,
भयो लाज लाग्दो चली निन्दु सत्ता ।
छ छायाँ अनौठो बली इन्दु सत्ता ।।

दिसा गर्छ ल्वागे पछि देख्छ दैलो ।
कता उठ्न सक्ला ढली हिन्दु सत्ता ।।

सबै घुम्छ फन्को पुरा गर्छ मूर्ख ।
सके भातमारा छली विन्दु सत्ता ।।

 

ल बच्चा चराले कहाँ बेल फोर्छ ।
सको भारतीले दली सिन्धु सत्ता ।।

छन्द: भुजङ्गप्रयात, बहरे मुतकारिब मुसम्मन सालिम
रुक्न : फऊलुन् × चार

बहरबद्ध गजल– २,
ल गाऊँ तिरै पो म पर्कन्छु भन्थे ।
समातेर मान्छे खुदै चिन्छु भन्थे ।।

चुनावी छ बेला फकाएर मान्छे ।
म खाजा र खाना सबै किन्छु भन्थे ।।

छरौँला उजेलो सबै क्षेत्र मेरो ।
सलेदो बनी नित्य सल्किन्छु भन्थे ।।

कहाँ के छ खाँचो सबै गर्छु आफैँ ।
म यो गाउँ जिम्मा पुरै लिन्छु भन्थे ।।

छ बुद्धी र पैसा सबै थोक मेरो ।
उकासेर जन्ता म रित्तिन्छु भन्थे ।।

म साथै रहेको छ यो कल्प वृक्ष ।
जसै गर्छ नेता सबै दिन्छु भन्थे ।।

छन्द: भुजङ्गप्रयात, बहरे मुतकारिब मुसम्मन सालिम
रुक्न : फऊलुन् × चार

 

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *