शान्तिका केही मुक्तकहरू

Spread the love
Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

,शान्ति अधिकारी

समयले हेर मलाई हाँस्न सिकायो ।
मरुँ मरुँ झै लाग्दानी बाँच्न सिकायो ।।
सिकाउदा सिकाउदै यती सिकायो ।
हिजो आज आफै सगँ ढाट्न सिकायो ।।

सकिदैन आफ्ना तर्के मुटु भित्र बसाउन ।
न सकिन्छ तिन्कै लागि दुनिया यो हँसाउन ।।
एकोहोरो रोटि हजुर कहाँ पाक्छ डढी जान्छ ।
हुँदै हुन्न स्वार्थि सम्झि व्यथै आँशु खसाउन ।।

 

कति सम्म दुखाउछौ दुखेको यो मन ।
मरुभूमी जस्तै गरी सुकेको यो मन ।।
खुसी लुट्दै दु ख दियो फकाउदै भोली ।
जुटाउन सकौला र टुटेको यो मन ।।

हिडेको बाटो मोडियो फेरी ।
गरेका वाचा तोडियो फेरी ।।
पराई कुरा सुनेर हिजो ।।
तोडेको नाता जोडियो फेरी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *