गोपाल दाहालका एकजोर गजल

Gopal, Dahal, Deen, गोपाल दाहाल ‘दीन’, pallawa, पल्लव

गोपाल दाहाल ‘दीन’

गजल– १,
तिमी पनि कहिले काँहि रानी बन्न खोजछ्यौ
ठूलै भनि सम्मान गर्दा नानी बन्न खोजछ्यौ !!१

पहाड़ जस्तो डाल तिम्रो मनमा न अटाउने
सानो भई कहिले काँहि मानी बन्न खोजछ्यौ !!२

मन पराई मैले पनि प्रस्ताव गरें प्रेमको
उमेर भाको छैन भन्दै सानी बन्न खोजछ्यौ !!३

 

विलना त थुप्रै सुने मैले तिम्रो पनि उस्तै
दुःखले नै भरिएको खानी बन्न खोजछ्यौ !!४

अनिन्दो भई छटपटाएँ सँधै तिम्रो यादमा
कहिले त काख दिँदै सिह्रानी बन्न खोजछ्यौ !!५

गजल– २,
धेरै पीढ़ा पाईन्छ क्यारे नी यसै वर्षमा
कता कता काउ-कुति भो तिम्रो स्पर्शमा

झिनो आसा बोकी किन लड़ी हिँड़छौ सँधै
झगड़ाले आउँदैन कहिले सोच निस्कर्शमा

ईज्जत फाली हिँड़न पनि नचाहने कोहि
सबको फराकिलो मन भए हुन्थ्यो आदर्शमा

जीवन त योद्धा हो जुद्धनु पर्छ जिन्दगी सँग
मस्तिष्कले गर् आदेश मन हुन्छ विमर्शमा

हतास छ सबैलाई बोकी हिँड़छन त्रास पनि
त्यसै गरी पिल्सिएका छन सबै हर्षमा

गोपाल दाहाल
गान्तोक, सिक्किम, भारत

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *