अनुभुति

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

भवानी न्यौपाने ‘भावना

वर्षौं देखि छल्किरहेका
यी दुइ इनारहरूमा
कहिले खडेरी लागेन !
सदावहार भरिएर
पोख्खिरहेछन्
पर बाट विषाक्त हुरीले
नियालिरहन्छ मलाई
उस्का दृष्टिका डोबहरूले
क्षत विच्छेद गराएको छ
तर पनि
म आफ्नो गतिमा दौडीरहन्छु ।

 


तिव्र धक्काले मलाई उडाउन खोज्दा
म उड्न सक्दिन
म बलियो खम्बा गाडेर अडिएको छु
हो कहिले खडेरी लागेन !!
पल पल उस्का तरङ्गहरू
मेरो निर्दोष अनुहारमा गाड्दा
म सरल भावमा बगिरहन्छु
चेतनाशून्य मस्तिष्कको
धरातलमा पुर्याइ मलाई
भित्र सिध्याउन खोज्ने
त्यो कठोर हुरी
त्यो ज्वाला
कुनै दिन
प्रायस्चित खोज्न आउनेछ
मेरो सामु
मेरो कुनै प्रतिवाद छैन
हो कहिले खडेरी लागेन !
बर्षौ देखि बचाएका
मेरा सुकोमल
पवित्र सपनाहरु
विषाक्त बनाउन
तहसनहस पार्न
उस्को प्रयास चलिरहन्छ
त्यो आक्रोशित हुरीलाई
कुनै दिन पस्चातापले
न्याउरी मारी पछुतो हुनेछ
किनकि मेरा यी दुइ इनारहरुमा
पवित्र गङ्गाजल मात्र भेटिने छ !
हो कहिले खडेरी लागेन !!!

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *