गजल

durga, prasad, bhandar, दुर्गाप्रसाद भण्डारी, pallawaiपल्लव

दुर्गाप्रसाद भण्डारी

तिम्रो जवानीको रस रसाउन थाले!
कोही कसैको आँखा बिझाउन थाले!!

राम्रो फूल फुलेको छ भन्छन् मान्छेहरू!
चर्चा सङ्गै हल्का मग मगाउन थाले !!

अरुको के कुरा म आफै पागल भाछु !
कोमल नयन म माथी सन्काउन थाले !!

 

खै के देखे तिमीमा सबै मरिहत्ते गर्छन् !
धेरैले आजकल तिमी मन पराउन थाले !!

राम्री भएपछि मान्छे यस्तै हुन्छन् क्यारे !
सबैले तिमीलाई दिलभित्र नै सजाउन थाले !!

दुर्गा प्रसाद भण्डारी अनुरागी
दिब्यपुरी देबचुली २ दुम्कौली
नवलपरासी
हाल:- प्रवासको बसाइँ कतार

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *