अम्बिका कार्कीको एकजोर गजल

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

गजल– १,
क्या आधुनिक गीत गायौ म त गाउँले पाखे भएँ
मलार्इ छोडी माया लायौ म त गाउँले पाखे भएँ ।

लगाउँदिन मिनी स्कट टल्किदिन्छु सारीमा नै
तिघ्रा देखार्इ हिड्ने पायौ म त गाउँले पाखे भएँ ।

आफ्नै खेतमा उब्जिएको कोदो पिठो मनपर्छु
ढिँडो छोडी पिजा खायौ म त गाउँले पाखे भएँ ।

 

रोदी घरमा गीत घन्किदा खुट्टाहरू उचालिने
बिर्सी मादल डिस्को धायौ म त गाउँले पाखे भएँ ।

कुलको पूजा सकेपछि मन्दिर तिर धाएको छु
पश्चिमेली संस्कार छायौ म त गाउँले पाखे भएँ ।

गजल– २,
बिरह बेदनाले खाएको छ अहिले
सताउन दैबले पाएको छ अहिले ।

हरेक रहर बिलिन हुँदै सकिँदा
जिउने बाध्यताले छाएको छ अहिले ।

घर परिवार समाजको मर्यादा राख्न
सम्हालिन मनले गाएको छ अहिले ।

सोच्दै छु आफैँमा निरिह प्राणी बनेर
सन्तानको जिम्मा लाएको छ अहिले ।

मनमनै भन्दछु राखिस् इश्वर मलार्इ
तैपनी सताउन आएको छ अहिले ।।

अम्बिका कार्की सर्लाही , हाल चितवन ।

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *