“तिमी लाई गलानी हुँदा”

Spread the love
Shiva, Sharma, Birahi, शिब शर्मा "बिरही" , pallawa, पल्लव

शिब शर्मा “बिरही”

चासो राख्दछन दुष्टहरू कति
सध्य हैनन बिग्री सकेका मति
तछाड मछाड गरि कन अझै
लाग तिमी गराउँन लाई खती
जोसै दौड तिब्र लिएर गति
म डग्ने छैन अह!
म बिस्तारै मेरै गोरेटो
अनि दो बाटो हुँदै
हिड्छु
ता कि घृस्रन नपरोस किन
यात्रा फरक होस –

 

लक्ष्य प्राप्तिको निमित्त
जुधेर या
कुदेर
हार कदापी मान्ने छैन
किन कि उदेश्य प्रप्त गर्नु छ
सहि आधी बेहेरी
अनि सयौं
प्रहारका ती चोट हरू
सहदै “म” बिरुद्ध
मढारिएको कालो बादल
फाटि
तुवाँलो हटि
मिर्मिरे हुनेछ
आशा छ
एक दिन अवस्य
आउनेछ
असिना सरि
बर्सिएका शब्द बाण
तराजुमा जोखिएका
मन अनि धन
सम्झेर फेरि
“तिमी लाई गलानी हुँदा”
बिल्कुल “म” प्रसन्न हुने छैन

शिब शर्मा “बिरही”
रचना मिति:२०७३/१२/१७

Leave a Reply

Your email address will not be published. Required fields are marked *