कतै हर्ष उल्लास ल्याएर आयो
कतै फेरि बिष्मात आई उडायो ।
कतै आज कोही छ भोको र नाङ्गो
कतै मोज मस्ती सबैले मनायो ।
नयाँ सालको यो नयाँ माल भन्दै
बिदेशी दलाली सबैले उठायो ।
दुबै हात थापी सुको एक कौडी
म माग्दै थिए गाँस थोरै चखायो ।
भिखारी भयो देश नेपाल मेरो
नकेही बनायो नखायो नपायो ।।
Gajendra Prasad Awasthi
– पाटन, बैतडी
मिति: २०७३ पौष १७ गते आइतबार, तदनुसार सन् २०१७ जनवरी १ तारीख
