बहरबद्ध गजल

Spread the love
Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

नयाँ बर्ष आयो सबै झल्मलायो
निरासा थियो त्यो मनैमा हरायो ।

थिए दर्द धेरै बिझेको मनैमा
यही सालदेख्दै खुसीले रमायो ।

हटार्इ निरासा गरी शुद्ध आत्मा
जलेको वदन् मा जवानी पलायो ।

 

छ आफ्नै पनाको निशानी र चाला
दशा दूर भै जिन्दगी नै रसायो ।

छ माटो पियारो यही देश मेरो
धरा भित्र पस्दा सबै सल्बलायो ।

छन्द: भुजङ्गप्रयात, बहरे मुतकारिब मुसम्मन सालिम
रुक्न : फऊलुन् × चार
अम्बिका कार्की ‘अमु’
सर्लाही, हालः भरतपुर, चितवन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *