शुभवर्ष बनोस्

Spread the love
Ramesh,khakurel, रमेश खकुरेल, pallawa. पल्लव

रमेश खकुरेल

नववर्ष भलो शुभमङ्गल होस्
जति आश गर्‍यो थप पूर्ण बनोस्
दिनरात सुखै सुखसाथ चलोस्
जुन काम गरे पनि भाग्य बलोस् ।।

गत वर्ष जसो जति जे गरियो
जति खेप्नु र भर्नु थियो भरियो
कहिले त भयो मरियो मरियो
कति मुश्किलले यसरी बचियो ।।

 

अब ती दुख फेरि नखप्नु परोस्
अब खाडलमा मुलुकै नपरोस्
सहयोग र सम्मति जागृत होस्
सबका मन बान्धवभाव पसोस् ।।

अरिले जति ताक अरिष्ट गरुन्
जति भेद र फूट कुटेर भरुन्
सब एक भईकन फाल्न सकौं
मुलुकै अझ माथि उचाल्न सकौं ।।

सब धर्म मिलेर विचार गरौं
ममता मनभित्र प्रचार गरौं
मन कर्म तथा मुख एक बनौं
जय बान्धवता जय देश भनौं ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *