अपरिवर्तित मानसिकता

Spread the love
Nilkantha, Subedi, निलकण्ठ सुबेदी, pallawa,पल्लव

निलकण्ठ सुबेदी

गरिबका नाममा युद्ध छेडिए
तिरस्कारले सँधै बेरिए
संस्कारमा परिवर्तन आएन
जनताले राहत पाएन
राजनीतिको नाममा जुवा खेलियो
गरिबको नाममा झेल गरियो
सत्ताका लागि मिठा भाषण ठेलियो
परिवर्तनको नाममा होली खेलियो ।
सुख र शान्तिको श्वास फेर्ने
विकासको नाममा नाम फेरिए
यहाँ
गाउँ पञ्चायत वाट
गा.वि.स.,गाउँ पालिका –

 


अनि नगरपालिका हुँदै गए
रूढीवादी संस्कारको
विकास झन् तीब्र भइरहे
मिर्चैया नगरपालिका भयो
तर
मान्छे मान्छेबाट पानी छोइने भयो
जनतालाई इनारको पानीमा
प्रतिबन्ध हुँदै गयो
खोलाको पानी समेत छुन
नहुने भयो ।
कानुनका ठेली
सिंहदरवारमै रह्यो ।
एक्काइसौं शताब्दीमा
सामान्तीहरूको हालिमुहाली भयो ।
गरिब दु:खी र असहायको सपना अधुरै रह्यो ।।।

One thought on “अपरिवर्तित मानसिकता

  1. मेरो रचनालाई स्थान दिनुभएकोमा पल्लव साहित्यिक ई-पत्रिका परिवारलाई हार्दिक धन्यवाद एवं आभार ब्यक्त गर्दछु ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *