गजल

Spread the love
Ambika, Karki,, अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

धुर्मुस सुन्तलिको जय, भुकम्प पिडितको हासो भयो
नेतालार्इ भोट हाल भन्न त्यै कामको नै पासो भयो ।

दुईबर्ष बिती सक्दा राहत पाउन पनि कठिन भयो
जनताको मर्म नै बुझ्ने नेतापनि केको चासो भयो ।

आयो गाउँ हल्लाउँदै रोक्नै नसकिने प्राकृतिक त्यो
हजारौं कार्यकर्ता नै मोटाए राहतपनि नाशो भयो ।

 

धुर्मुसले उद्दार गरे आफ्नै बास उठाएर पहिला
जवर्जस्ती भिडाए झै नेताहरूलार्इ टाँसो भयो ।

निरिह भै कालासाँप छिमेकीको गुलाम भयौ तिमी
सीमा मेटायौ पिल्लर सारी सम्पतीको काँसो भयो ।।

अम्बिका कार्की “अमु”
सर्लाही हालः भरतपुर, चितवन ।

One thought on “गजल


Leave a Reply

Your email address will not be published. Required fields are marked *