शारदा ओली शिवाकोटीका केही मुक्तकहरूः

Spread the love
Sharada, Oli, Shiwakoti, शारदा ओली शिवाकोटी, pallawa, पल्लव

शारदा ओली शिवाकोटी

तिम्रालागि मैले एउटागजल लेखें अनि पोष्ट गरें
त्याहॉ रूपको वर्णन र याद तिमीलाई मोस्ट गरें ।
अब तिमी सपनीको कार्यक्रम पनि आउ न प्रिय
तिमी आउँछ्यौ भनी मैले कार्यक्रम नै होस्ट गरें ।।

तिम्रो बलिष्ठ पाखुरा र चौड़ा छातीमा शिर राखी रून मन छ
तिमीलाई नै अर्पी यो जीवन तिम्रै जीवन साथी हुन मन छ ।
तिमीले जति बन्द गर्न खोजेपनि तिम्रा जीवनका द्वारहरू
द्वारका छिद्रबाट पसेर भएपनि तिम्रा सबै दु:ख हर्न मन छ ।।

 

देखेर नि किन हो आज तर्किएर हिंड्यौ
मलाई देख्नासाथै किन फर्किएर हिंड्यौ ।
मेरो माया छोडी अर्कै माया खोज्न गाथ्यौ
लात्ति बज्र्यो कि ढाडमा किन मर्किएर हिंड्यौ ।।

फकाएर अरूको मन लुटने बानी परेछ तिमीलाई
हलो अडकाएर गोरू चुटने बानी परेछ तिमीलाई ।
तिमीले गरेका बाचाहरू सम्झी पर्खी बसे म याहाँ
तर झुठो आश्वासन बॉडने बानी परेछ तिमीलाई ।।

कॉडैकॉडासित सुख पुर्वक जीवन जीउनेगुलाबलाई हेर
तलाउमा किचडभित्र रमाई माया सिउने कमललाई हेर ।
बल्ल बिषमतामा स्वस्थजीवनको ग्यान हुन्छहामीलाई
पत्याउंदैनौ भने जिर्न मानव बोकी जीउने महललाई हेर ।।

भोली न म हुनेछु न त तिमी नै हुनेछौ याहां
हुनेछन यिनै साथीसंगी अनि यो सारा जाहाँ ।
कस्ले गर्ला र राम्रा कुरा आफ्नो स्वभाव विपरित गई
आउ दुईपल प्रेमले बिताऔ किन बस्नु चिन्तित भई ।।

शारदा ओली शिवाकोटी
हेटौडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *